भक्तपुर । २०७२ सालको विनासकारी भूकम्पपछि पीडितहरुलाई राहत वितरणमा गरे जस्तौ भूकम्पपछिको पुननिर्माण सहयोग गर्न नसक्दा भक्तपुर जिल्लाका भूकम्प पीडितहरुको पुनर्निर्माण कार्य धिला भईरहेको सरोकारवालाहरु मंगलवार आत्म समीक्षा गरेका छन् । टन्सपरेन्सी इन्टरनेशनल नेपालले भूकम्पपछिको पुनर्निर्माण र पुनसंरचनामा सदाचार कायम गर्न बुधवार भक्तपुर उद्योग व्यवसायी संघको सभहलमा नीजिक्षेत्रसँगको पुनर्निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन ।

विभन्न क्षेत्रका उद्योगी र व्यवसायी संघ संस्थाका प्रतिनिधीहरुले भूकम्पपश्चात आफ्नो उद्योगहरुमा क्षति पुगेको भए पनि आआफ्नो क्षेत्रबाट पीडिट समुदायलाई उद्धार, राहत वितरण, तहरा निर्माण, भग्नावशेष व्यवस्थापनमा महिनौ सम्म सहयोग गरेको बताएका थिए भने त्यतिबेलाकोे सहयोग जस्तै अहिलेको पुनर्निर्माणमा पनि सहयोग गर्न नसक्दा भक्तपुर जिल्लाको पुनर्निर्माण कार्यमा धिलाई भएको महसुस गरेका हुन ।

गुणस्तरीय पुनर्निर्माणका लागि निर्माण सामग्रीको सुर्लभता, दक्ष जनशक्तिको अभाव, सरकारी किस्ता र सहुलियत दरको ऋण वितरण लाभग्राही मैत्री नहुनु लगायतले पुनर्निर्माण कार्यमा धिलाई भएको सहभागिहरुको निष्कर्ष रहयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज ज्ञलालले व्यवसायीहरुकै उजुरीमा बन्द भएको भक्तपुरको बालुवा खानी पुनः सञ्चालनको प्रकृयामा रहेको बताउँदै बातावरण प्रदुर्षण न्यूनिकरण हुने गरी ईटा भट्टा सञ्चालन गर्नुपर्नेमा ७५ हजार तिर्दै आएको करलाई ५ लाख सम्म पुर्याउनु न्यायोचित नभएको बताए । उहाँले पुनर्निर्माण धिला हुनका कारणहरु बारे आफूलाई जानकारी भए पनि समाधान हुन नसक्नुमा सबै पक्ष जिम्मेवार रहेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पुनर्निर्माणमा सहजिकरण र जिम्मेवारीतामा सबै पक्षले ध्यान दिएर इमान्दारीताका साथ काम गर्नुपर्नेमा जोड दिनु भयो । जनताको समस्या समाधानका लागि सम्बन्धित निकायहरुमा दवाफ दिनै पर्ने, सहजिकरण गर्नै पर्नेमा जोड दिन्दै उहाँले सरकारको नीतिगत तह, कार्यान्वयनको तहमा सधै जनताको कुरा पुर्याउन, रायसुझाव दिन, दवाफ मुलक गतिविधि आवश्यक भएको भन्दै टिआई नेपालले सदाचारका लागि खेलिरहेको भूमिका राष्ट्यि, अन्तर्राष्ट्यि स्तरमा पनि महत्व रहेको बताउनु भयो । तीन खम्बे अर्थनीतमा नीजि क्षेत्रले भूकम्पको बेला जे जसरी सेवा भावले सामाजिक उत्रदायित्व निभएको थियो त्यसै गरी अहिले पुनर्निर्माणको चरणमा पनि सहयोग गर्न आवश्यक रहेको उहाँले व्यवसायिहरुलाई आग्रह गर्नु भयो ।

नेपाल ईटा उद्योग महासंघका केन्द्रीय सदस्य राजेन्द्र प्रजापतिले भूकम्पले ईटा उद्योगको चिम्नी, दग समेत बिग्रेर क्षति ब्यहोरिरहँदा पनि पीडित समुदायको उद्धार, भग्नावेशष व्यवस्थापन र तहरा निर्माणमा समेत सहयोग गर्दै आएको ईटा उद्योगमा अचाकल्लि करको भार थोपारेको तर करमा छुट र क्षतिको राहत समेत नदिएकोमा आपति जनाउँदै पुनर्निर्माण सहयोग पुग्ने गरी ईटा उद्योगलाई पनि प्रोत्साहित गर्नुपर्र्नेेमा जोड दिनु भयो । उद्यमी तथा टिआई नेपालका सदस्य सुरेन्द बीर मालाकारले डलरको भाउमा निर्माण सामग्री उत्पादन गर्नु पर्दा महंगीन पुगेको देखिएको भन्दै स्वच्छ वातावरणमा व्यवसाय संचालन गर्नुपर्नेमा कानुनको परिधिमा राखेर अल्मल्याउने काम मात्र भएको स्थिति देखिएको भन्दै व्यवसायिहरु आफै स्वच्छ भएर पुनर्निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । टिआई नेपालका महासचिव पद्मिनी प्रधानांगले पुनर्निर्माणमा सदाचार अपनाउन टिआई नेपालले खेल्दै आएको भूमिका बारे प्रकास पार्दै सरोकारवाला निकायले जिम्मेबार र जवाफदेही भएर सदाचार कायम गर्न सके पुनर्निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । नीजि क्षेत्रले पनि पुनर्निर्माणमा सहयोगन सक्ने उल्लेख गर्दै उहाँले पुनर्निर्माणका नीतिगत व्यवस्था, कार्यान्वयनमा जोड तथा समस्याहरुको समाधानकालागि सहजिकरणको भुमिका महत्वपूर्ण हुने र नीति निर्माणमा समेत योगदान पुग्ने चर्चा गर्नु भयो । सार्वजनिक सुनुवाई,सामुहिक छलफल, अन्तरक्रिया गर्दै सल्लाह सुझाव र परामर्शले पुनर्निर्माणका गतिविधी अगाडी बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

भक्तपुर उद्योग व्यवसायी संघका अध्यक्ष रामप्रसाद प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा उहाँले निर्माण सामग्री कारखानाबाटै महंगोमा आउने गरेकाले व्यवसायीहरुलाई आरोप प्रत्यारोप लगाउन उपर्युक्त नभएको तर्क राखे । यस विषयमा टिआई नेपाल जस्तो राष्ट्यि अन्तर्राष्ट्यि संस्थाले अध्ययन गरेर निर्माण सामग्रीको सहजिकरण गर्नुपर्नेमा जोड दिनु भयो ।
भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नाती भाई ह्यौबाले १२ करोड भन्दा बढी क्षति व्यहोरेर पनि ईटा उद्योगीले भूकम्पपछिको उद्धार र व्यवस्थापनमा सहयोग गरेको भए पनि उद्यमीहरुसँग छलफल नै नगरी करको दायरा बढाएकोमा आपति जनाउँदै ईटा उद्योगले वातावरण पुदुर्षण न्यूनिकरणमा दक्षिण एशिया कै उत्कृष्ठ प्रविधि अपनाएर क्रमिकरुपले प्रदुर्षण न्युनिकरणका प्रविधिहरु सरकारको सहयोग विना उद्योमी आफैले अपनाएर सरकारी मापदण्ड भन्दा कम मात्र धुंवा आउने गरी व्यवस्थापन गरिरहेको प्रति सरकारले ध्यान नदिई कर बढाएर ईटाको भाउँ महंगो बनाउने कार्यमात्र गरेका बताउँदै त्यस्तो गतिविधीहरुको विरोध र आपति जनाउनु भयो । भूकम्पपछिको पुनर्निर्माणका लागि श्रावण महिनामै ७ करोड ईटा उत्पादन गर्न सरकारले आग्रह गर्दा पनि व्यमौसममा ईटा उत्पादन गर्न नसकिरहेको बेला पुनर्निर्माणमा टेवा पुग्ने गरी ईटा उद्योग सञ्चालनको व्यवस्था हुनुपर्नेमा जोड दिनु भयो ।

भक्तपुर निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष सिद्धिनारायण आर्चायले निर्माण व्यवसायीले न्यून नाफा लिएर गुणस्तरीय निर्माण सामग्री सरकारी मापदण्ड अनुसार मात्र बिक्रिवितरण गरिरहेको बताउनु भयो भने भक्तपुर निर्माण व्यवसायी संघका अध्यक्ष निर्माण बजगाईले गुणस्तरी निर्माण सामग्रीको, दक्ष जनशक्तिको अभाव, व्यवसायी र सरकारी निकायहरु बीचको तकराव, धुवानि समस्या लगायतले सिमेण्ट, डण्डी जस्तो निर्माण सामग्रीहरुको पनि गुणस्तरहिन सामग्रीको प्रयोग गर्न बाध्य रहेको बताए । सहभागि सचिन प्रधानांगले सहुलियत दरको लाभग्राही मैत्री नभएकोमा ध्यानाकर्षण गराए । उद्मी रोशन भैद्यले सहुलियत दरको ऋण दिने प्रकृया बारे आफूले नजिकबाट बुझेको त्यो सर्वसाधारण पीडितहरुको पहुँचमा नरहेको बताए । सञ्जय जोन्छेले व्यवसायीहरुले पुनर्निर्माणका लागि निर्माण सामग्रीमा विशेष छुट दिन सकिने हो कि होइन ? भनि उद्यमीहरुमा प्रश्न गरेका थिए भने सञ्चारकर्मी सुरेश सैंजूले भूकम्प अगाडिको निर्माण सामग्रीको मूल्य र अहिलेको बजार मूल्य तीन गुणाले महंगो भएको प्रति उद्योगीहरुको ध्यानाकर्षण गराउँदा निर्माण सामग्री उत्पादन हुने कारखानाबाटै महंगी भएको भनि व्यवसायीले जवाफ दिने गरेको हुँदा कुन क्षेत्रबाट किन मुल्य बृद्धि गरिएको हो केन्द्रीय स्तरबाट छानविन गरेर निर्माण सामग्रीको सुलर्भतारुपमा उपलब्ध गराउने व्यवस्था गराउनुपर्नेमा जोड दिए । डिलपिआइयू शिक्षा भक्तपुरका कार्यालय प्रमुख दिल्लि प्रधानले भक्तपुरका विद्यालयहरुको पुननिर्माणमा निर्माण व्यवसायिहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै २०७३।७४ देखि थालिएको विद्यालय भवनको पुनर्निर्माणमा निर्माण सामग्री सरकारी मापदण्ड अनुसार उपलब्ध नहुँदा विद्यालयको पुनर्निर्माणमा धिलासुस्टि भइरहेको बताउए । उहाँले २१ विद्यालयमा सुरु गरेको पुननिर्माण ६ वटा भवनको मात्र सम्पन्न गर्न सकेको र बाँकी विद्यालयहरुको पुनर्निर्माण कार्य जारी रहेको भन्दै विद्यालय भवन निर्माणका लागि व्यवसायिहरुले सहयोग गर्न आग्रह गर्नु भयो ।

भक्तपुर उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत राजुमान बज्राचार्यले सञ्चालन गरेको सो कार्यक्रममा संघका प्रदिप श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै आपत विपदहरुमा ब्यवासायीहरुले पसल खोलेर, शुलर्भतालाई ध्यान दिएर सहजिकरणको भूमिका खेल्दै आएको विचार व्यक्त गर्नु भयो ।

20180904095805_IMG_1702 20180904102219_IMG_1705 20180904104152_IMG_1708