२०७३।०९।११

नेपाल विद्युत् प्राधिकरणले विगत केही समयदेखि मुलुकको अधिकांश भागमा लोडसेडिङ हुन नदिएको सकारात्मक पहलप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यान आकृष्ट भएको छ ।

कुनै पनि हालतमा रोक्न नसकिने भनेर प्रचार गरिएको र आम नागरिकले लामोसमयदेखि भोग्दै आएको लोडसेडिङ अन्त्य गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण व्यवस्थापन सफल भएको छ । यो प्रयाश वास्तवमा सराहनीय छ ।

राजनीतिक र व्यवस्थापकीय पक्षले चाहँदा लोड सेडिङको अन्त्य पनि गर्न सकिँदो रहेछ भन्ने वास्तविकता आमनागरिक सामु सार्वजनिक भएको छ । विगतमा दैनिक १८ घन्टासम्म लोडसेडिङ बेहोर्नुपरेको र हाल पहल गर्ने वित्तिकै अन्त्य हुनसक्नुमा के कारण रहेछ सो तथ्यसमेत सार्वजनिक गर्न नेपाल सरकारसमक्ष टीआई नेपाल जोडदार माग गर्दछ ।

पद्मिनी प्रधानाङ्ग
महासचिव