निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत माननीय सांसदहरुले आफूले तोकेको योजनामा खर्च गर्न पाउने गरी प्राप्त हुँदै आएको बजेट रकम दोब्बर पार्ने प्रयत्न भइरहेको समाचार आमसञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको छ । यसप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको गम्भीर ध्यान आकृष्ट भएको छ ।
मुलुक आर्थिक विकासका दृष्टिले अत्यन्त पछाडि परिरहेको अवस्थामा उपलब्ध सीमित स्रोतलाई योजनाबद्ध ढंगले प्रभावकारी रुपमा सदुपयोग गर्नुपर्ने बेलामा तजबिजी अधिकार प्रयोग गरी खर्च गर्न रकम बढाउने प्रवृत्ति बढ्दै जानु कुनै पनि दृष्टिकोणबाट न्यायोचित र उपयुक्त देखिँदैन भन्ने दृष्टिकोण टीआई नेपालको रहेको छ । यस्ता कार्यले गरिब नागरिकमाथि करभार थपिँदै जानेभएको हुँदा यो कदम उपयुक्त हुँदैन भन्ने कुरा सम्माननीयज्यूमा अवगत भएकै विषय हो ।
यस्तो रकम उचित तवरले उपयोग नभएको भन्ने प्रतिक्रिया आमनागरिकबाट व्यक्त भइरहेको अवस्थामा अझै बजेट बढाउनुले सम्मानित सांसदहरुको गरिमामा समेत आँच पु¥याउन सक्छ । तसर्थ यस्तो कार्य सदाका लागि हुन नदिनेतर्फ सम्माननीयज्यूबाट तत्काल सार्थक कदम चालियोस् भन्ने टीआई नेपाल जोडदार माग गर्दछ ।
विष्णु बहादुर के. सी
अध्यक्ष

अवगतार्थ
१. सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौँ
२. माननीय अर्थमन्त्रीज्यू
अर्थमन्त्रालय
सिंहदरबार, काठमाडौँ ।
३. सम्माननीय श्री सुवासचन्द्र नेम्वाङज्यू
सभामुख
व्यवस्थापिका संसद