ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले चितवनको सौराहामा टीआई नेपालमा आबद्ध रहेका संस्थाका प्रतिनिधिहरुसँग नीति तथा कार्यक्रमसम्बन्धमा एउटा छलफल आयोजना गरेको थियो ।

कार्यक्रम २०७५ मंसिर २८ गते आयोजना गरिएको सो कार्यक्रममा मोरङ, सुनसरी, उदयपुर, सिराहा, पर्सा, चितवन, सिद्धार्थनगर (रुपन्देही), गुल्मी, बाँके, दार्चुला, कैलाली, सुर्खेत, दाङ, कास्की, दोलखालगायतका १५ जिल्लामा क्रियाशील स्थानीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो भेलामा टीआई नेपालका अध्यक्ष श्री खेमराज रेग्मी र महासचिव श्री मुकुन्द बहादुर प्रधान, कार्यकारी निर्देशक श्री आशिष थापा, वरिष्ठ अधिकृत ठमनाथ घिमिरेकाे पनि उपस्थिति रहेकाे थियाे ।