काठमाडौं, २०७५ असार ५ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्री खेमराज रेग्मीको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा.सँग भेटघाट गरेको छ ।

टीआई नेपालको प्रतिनिधिमण्डलमा उपाध्यक्ष श्री सविता भण्डारी बराल, महासचिव श्री मुकुन्द बहादुर प्रधान, कोषाध्यक्ष श्री किरण थापा, कार्यसमिति सदस्य श्री सुरेन्द्रवीर मालाकार, श्री बुद्धिनारायण श्रेष्ठ, श्री कृष्ण ज्ञवाली, श्री सीताराम अग्रहरी र श्री आर्या श्रेष्ठ, कार्यकारी निर्देशक आशिष थापा रहनुभएको थियो ।

प्रधान न्यायाधीश श्री राणाले सुशासन कायम गर्न न्यायालयका तर्फबाट अग्रणी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले न्याय सम्पादन शिघ्र, स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता संविधानले बोकेको हुँदा आफूले पनि त्यसैगरी लिएको बताउनुभयो । भेटघाटकै क्रममा प्रधान न्यायाधीशले न्यायालयका बारेमा उठेका सबै प्रश्न सत्य नहोलान् तर धेरै प्रश्न सम्बोधन गर्ने प्रयास गर्ने पनि बताउनुभयो ।

IMG_0217-1 IMG_0221-2

View PDF