​​
प्रतिवेदन र पुस्तक सार्वजनिक

TI Nepal today (7 June 2018) released a survey report on public service delivery and a book with write-ups on irregularities and mismanagement prepared by journalists, both of the year 2074 BS.

२०७५ जेठ २४, काठमाडौं: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले ‘सार्वजनिक सेवा प्रवाह सम्बन्धी सर्वेक्षण २०७४’ र ‘बेथितिको जालोः सञ्चार माध्यममा आएका केही विवाद’ सञ्चार माध्यम मार्फत सार्वजनिक गरेको छ ।

सार्वजनिक सेवा प्रवाह सर्वेक्षणले नेपालका ८ वटा जिल्लाका नागरिकहरुको भ्रष्टाचारबारेको प्रत्यक्ष अनुभव र अवधारणा मापन गरेको छ । यो सर्वेक्षण प्रतिवेदन डा. प्रकाशचन्द्र भट्टराई र श्री विशाल भण्डारीद्वयले तयार गर्नुभएको हो । त्यसैगरी ‘बेथितिको जालोः सञ्चार माध्यममा आएका केही विवाद’ पुस्तकमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, संवैधानिक निकाय र नागरिक समाजलगायत अन्य निकायसँग सम्बन्धित वि.सं. २०७४ मा सञ्चार माध्यममा आएका बेथिति र अनियमितताका घटनाक्रम प्रस्तुत गरिएको छ । पत्रकारत्रय श्री भद्र शर्मा, श्री कृष्ण ज्ञवाली र श्री कृष्ण आचार्यले यो पुस्तक तयार गर्नुभएको हो ।

दुवै प्रकाशनले राजनितिक संक्रमणकालमा जिम्मेवार व्यक्तित्व र निकायहरूले गैर जिम्मेवारपनलाई प्रशय दिएको, थिति बमोजिम काम नगरेको, जन अपेक्षालाई तिरस्कार गरेको र समग्रमा अनियमितता, दण्डहिनता, भ्रष्टाचार जस्ता विकृतिलाई बढवा दिएको निष्कर्श निकालेको छ ।
कार्यक्रममा टीआई नेपाल अध्यक्ष श्री श्रीहरी अर्याल, महासचिव श्री पद्मिनी प्रधानाङ्ग, पुर्ब प्रमुख निर्वाचन आयुक्त श्री भोजराज पोखरेल, वरिष्ठ पत्रकार श्री शरचंद्र वस्ति ले विशेष मन्तव्य राख्ननु भएको थियो ।