प्रेस विज्ञप्ति
 
करारका शिक्षकलाई स्वतः स्थायी किन ? 
 
त्रिभुवन विश्वविद्यालयले सो विश्वविद्यालयअन्तर्गत करारमा काम गरिरहेका शिक्षकहरुलाई स्वतः स्थायी गर्नेजस्ता खबरहरु सार्वजनिक सञ्चार माध्यमबाट अवगत हुन आएकाले त्यससम्बन्धमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने क्षेत्रमा निरन्तर क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यान आकृष्ट भएको छ ।
 
करार, अस्थायी र आंशिक प्राध्यापन गर्ने गरी नियुक्त भएका शिक्षकहरुलाई स्वतः वा निश्चित कोटा छुट्याएर स्वच्छ प्रतिस्पर्धा विना अपारदर्शी ढङ्गबाट सामान्य प्रक्रिया पु¥याई सीमित व्यक्तिहरुका बीचमा मात्र प्रतिस्पर्धा गराई स्थायी गर्ने प्रक्रिया अप्रजातान्त्रिक र असंवैधानिक छ । यो प्राकृतिक न्याय र सुशासनको सिद्धान्तविपरीत कार्य पनि हो । खुला प्रतिस्पर्धा विना गरिने कुनै पनि प्रकारका नियुक्तिमा पारदर्शिताको अभावले योग्य व्यक्तिहरुको छनौट हुन सक्नेसंभावना न्यून हुनपुग्दछ । योग्य शिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने विद्यार्थीहरुको नैसर्गिक अधिकारबाट बञ्चित हुनुपर्ने स्थिति आउनु मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्था हो । अतः कानूनी राज्यमा हुने समानताको हकको सुनिश्चितताको आधारमा मात्र विश्वविद्यालयअन्तर्गतका शिक्षकहरुको स्थायी गर्ने व्यवस्था हुनेस्थिति सिर्जना गर्न टीआई नेपाल जोडदार माग गर्दछ ।
 
खेमराज रेग्मी
अध्यक्ष
Press Release abt TU contract Teacher