प्रेस विज्ञप्ति

टीआई नेपालका पदाधिकारी मनोनीत

ट्रान्सपरेन्सी इन्टरनेशनल (टी आई) नेपालको अध्यक्ष श्री खेमराज रेग्मीले साधारणसभाद्वारा निर्वाचित कार्यसमिति सदस्यहरुमध्येबाट क्रमशः श्री सवीता भण्डारी बराललाई उपाध्यक्ष, श्री मुकुन्दबहादुर प्रधानलाई महासचिव र श्री किरण थापालाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको छ ।

उपाध्यक्ष वरिष्ठ अधिवता श्री बराल टीआई नेपालको अघिल्लो कार्य समिति सदस्य हुनुहुन्थ्यो । त्यसैगरी श्री प्रधान यस संस्थाको पूर्व महासचिव हुनुहुन्छ । समाजसेवी श्री थापा लामो समयदेखि संस्थाको सदस्य हुनुहुन्छ ।

टीआई नेपालको विधानअनुसार अध्यक्षले साधारणसभाबाट निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितिका पदाधिकारी उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । यही असोज १९ गते सम्पन्न साधारणसभाले अध्यक्ष तथा कार्यसमिति सदस्यहरुलाई निर्वाचित गरेको थियो ।

कार्यसमितिका अन्य सदस्यहरुमा श्री सुरेन्द्रवीर मालाकार, श्री बुद्धिनारायण श्रेष्ठ, श्री कृष्ण ज्ञवाली र श्री आर्या श्रेष्ठ रहनुभएको छ ।

आशिष थापा
कार्यकारी निर्देशक
२०७५ असोज २२