प्रेस विज्ञप्ति
टीआई नेपालको अध्यक्षमा खेमराज रेग्मी

ट्रान्सपरेन्सी इन्टरनेशनल (टी आई) नेपालको अध्यक्ष पदमा पूर्व सचिव श्री खेमराज रेग्मी निर्वाचित हुनुभएको छ । टीआई नेपालले आज (२०७५ असोज १९ गते) काठमाडौंमा आयोजना गरेको २३ औं साधारणसभाले श्री रेग्मीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । त्यसैगरी साधारणसभाले अन्य ७ जनालाई कार्यसमिति सदस्य पदमा निर्वाचित गरेको छ । कार्यसमिति सदस्य पदमा क्रमशः श्री मुकुन्दबहादुर प्रधान, श्री सवीता भण्डारी बराल, श्री सुरेन्द्रबीर मालाकार, श्री बुद्धिनारायण श्रेष्ठ, श्री किरण थापा, श्री कृष्ण ज्ञवाली, श्री आर्या श्रेष्ठ विजयी हुनुभएको छ ।

टीआई नेपालको विधानअनुसार अध्यक्षले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितिका पदाधिकारी उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ ।

साधारणसभाले वर्तमान परिवेश, संस्थाको नयाँ रणनीति, आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति तथा लेखापरीक्षण प्रतिवेदनबारे छलफल गरी प्रतिवेदन पारित गरेको छ ।

टीआई नेपालको साधारणसभा र नवनिर्वाचित नेतृत्वद्वारा नेपालीहरुको चाड बडादशैं, तिहार र छठ एवं न्हुँदया भिन्तुनाका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा भ्रष्टाचारविरुद्धको एजेन्डालाई थप ऊर्जा प्रदान गरिने अपेक्षा पनि राखिएको छ ।

आशिष थापा
कार्यकारी निर्देशक
२०७५ असोज १९