काठमाडौं, फागुन १० (फेब्रुअरी २२, २०१८) । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा आज Corruption Perception Index (CPI)- 2017 (भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१७) सार्वजनिक गरिएको छ । CPI- 2017 ले १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणा मापन गरेको छ । यस सूचकाङ्कमा १०० अड्ढले अति स्वच्छ र ० अड्ढले अति भ्रष्टाचार रहेको जनाउँछ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिन्छ । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ ।

सीपीआई २०१७ ले भ्रष्टाचार नियन्त्रणका प्रयास धेरै देशमा सुस्त गतिमा चलिरहेको जनाएको छ । पत्रकार र नागरिक संस्थाको सुरक्षाको प्रत्याभूति नभएको देशमा भ्रष्टाचार बढी रहने देखिएको छ । सन् २०१२ देखि हालसम्म मारिएका अधिकांश पत्रकारहरु भ्रष्ट देशकै मात्र रहेको पाइएको छ । बेइज्जति, हैरानी, मुद्दामामिला र प्रशासनिक ढिलासुस्ति जस्ता माध्यमबाट केही देशका सरकारले भ्रष्टाचारविराधीलाई निस्तेज पार्न खोजेको पनि पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सञ्चार जगत् र नागरिक समाजप्रतिको अवरोध हटाउन थप पहल गर्नुपर्ने जनाएको छ ।

विगत १ वर्षभित्र (सन् २०१६।१७) विश्व बैड्ढ, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा नेपालले सीपीआई २०१७ मा १०० मा ३१ अड्ढ (गत वर्ष भन्दा २ अड्ढ बढी) पाएको छ । गतवर्षको तुलनामा यस वर्ष केही सुधार भएको देखिएकाले यसलाई सकारात्मक भनेर बुझ्न सकिन्छ । त्यसो भए पनि भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक नै रहेको जनाएको छ ।

ती संस्थाका सर्वेक्षणमा मूलतः विश्व बैड्ढले सरकारद्वारा सार्वजनिक क्षेत्र ÷ पदाधिकारीहरुको काम कारबाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारबाहीको जानकारीमा पहुँच, वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि दिनुपर्ने घुस, ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, आयात निर्यातमा भ्रष्टाचारको अवस्था, बर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट नियन्त्रणको स्थिति, वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद र सुरक्षा निकायका प्रतिनिधिहरुद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगको अवस्था, र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) ले राजनीतिक भ्रष्टाचारको व्यापकता जस्ता विषयहरु समेटेका छन् ।

सीपीआई २०१७ मा समाविष्ट विभिन्न संस्थाले गरेका सर्वेक्षणले नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता विषय यस वर्ष पनि समस्याकै रुपमा विद्यमान रहेको देखिन्छ ।

यस वर्षको सूचकाड्ढमा समावेश १८० देशमध्ये न्युजिल्यान्ड कुल १०० मा ८९ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुमध्ये भुटान ६७ अङ्क प्राप्त गरी २६ औं स्थान, भारत ४० अङ्क प्राप्त गरी ८१ औं स्थान, श्रीलड्का ३८ अङ्क प्राप्त गरी ९१ औं स्थान, मालद्विप्स ३३ अङ्क प्राप्त गरी ११२ औं स्थान, पाकिस्तान ३२ अड्ढ प्राप्त गरी ११७ औं स्थान, नेपाल ३१ अङ्क प्राप्त गरी १२२ औं स्थान, बङ्गलादेश २८ अड्ढ प्राप्त गरी १४३ औं स्थान र अफगानिस्तान १५ अङ्क प्राप्त गरी १७७ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीनले ४१ अङ्क प्राप्त गरी ७७ औं स्थानमा रहेको छ ।

सीपीआईमा नेपाल

वर्ष (सन्) 2017 2016 2015 2014 2013 2012
स्कोर ÷ कूल अङ्क 31 /100 29/100 27 /100 29/100 31/100 27/100
स्थान ÷ कुल देश 122 /180 131/176 130/168 126/175 116/177 139/176

सीपीआईका लागि प्रयोग भएका तथ्याङ्क र सम्बद्ध संस्था

वर्ष विश्व बैड्ढ वल्र्ड इकोनोमिक फोरम ग्लोबल इनसाइट बर्टेल्सम्यान फाउन्डेसन वल्र्ड जस्टिस प्रोजेक्ट भीडीइएम
2017 35 34 35 25 32 25
2016 35 26 34 24 31 21
2015 35 33 22 23 24
2014 35 31 22 28 31
2013 35 28 32 28 32

 

सीपीआई २०१७ सम्बन्धमा जारी प्रेस विज्ञप्ति र सूचकाङ्कको विवरण www.transparency.org/cpi2017 मा उपलब्ध छ । टीआई नेपालको प्रेस विज्ञप्ति www.tinepal.org मा उपलब्ध छ ।

पद्मिनी प्रधानाङ्ग

महासचिव

संलग्नः १. ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रेस विज्ञप्ति, सीपीआई २०१७ ।

DSC_6899 DSC_6901

Download

https://www.transparency.org/news/feature/corruption_perceptions_index_2017