बिजुलीबजारस्थित धोबीखोला पुलको दक्षिणपट्टि बुद्धमार्ग जानेबाटोलाई सदाचार मार्ग र त्यहाँ रहेको चोकलाई सदाचार चोक नामकरण गरिएको छ । २०७५ बैशाख २२ गते विहान ७ः३० बजे आयोजित एक समारोहका बीच ट्रान्सपरेन्सी इन्टरनेशल (टीआई) नेपालका अध्यक्ष श्रीहरि अर्याल र काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीले संयुक्त रुपमा सदाचार चोकको उद्घाटन गर्नुभएको थियो ।

टीआई नेपालले सो बाटोलाई सदाचार मार्ग र चोकलाई सदाचार चोक नामकरण गर्न काठमाडौं महनगरपालिकाको वडा नं. १० का अध्यक्षलाई सम्बोधन गरी एक पत्र पठाएर अनुरोध गरेको थियो ।

नामकरण समारोहमा वडा प्रतिनिधि, टोलबासी स्थानीय नागरिक, टीआई नेपालका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।