२०७६ मंसिर २३: संयुक्त राष्ट्रसङ्घद्वारा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरिएको डिसेम्बर ९ को दिनलाई हरेक वर्ष विश्वभरिनै भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवशका रुपमा मनाइने गरिएको छ । यसै सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश श्री खिलराज रेग्मीज्यूको प्रमुख आतिथ्य र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेज्यू लगायतको विशेष उपस्थितिमा राष्ट्रिय सदाचार सम्मान २०७६ प्रदान गरिने कार्यक्रम रराजनीतिक सदाचारमा पार्टी नेतृत्वको दायित्वविषयक बिचार गोष्ठी सम्पन्न गरेको छ । गीत संगीत, प्रहसन र टेलिश्रृङ्खलाको माध्यमबाट मुलुकमा व्याप्त अव्यवस्था र अनियमितता विरुद्ध चोटिलो प्रहार गरी जनमानसमा सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार विरुद्धको अभियानमा विगत चार दशक देखि खेल्नु भएको अनुकरणीय भूमिकाको प्रशंसा गर्दै मह जोडी श्री मदनकृष्ण श्रेष्ठज्यू तथा श्री हरिवंश आचार्यज्यूलाई राष्ट्रिय सदाचार सम्मान२०७६ प्रदान गरिएको छ । उक्त कार्यक्रममा राजनीतिक विश्लेषक प्राध्यापक श्री कृष्ण खनालज्यूको प्रस्तुती र विभिन्न क्षेत्रका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहेको थियो ।