ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरुद्धको चित्रकला प्रदर्शनी आयोजना गरेको छ । आर्ट काउन्सिल बबरमहलमा २०७५ फागुन २६ देखि २८ सम्मका लागि आयोजित प्रदर्शनीमा ललितकला क्याम्पसमा अध्ययनरत ६२ जना युवा कलाकारहरुले तयार गरेको चित्रकला राखिएको छ ।

प्रदर्शनीमा सहभागी ६२ युवा कलाकारहरुले बनाएको चित्रकलाहरु मध्येबाट उत्कृष्ट १२ चित्रहरु छनौट गरिएका छन् । उत्कृष्ट चित्रकला छनौट गर्नका लागि चित्रकार श्री गोविन्दमान सिंह डंगोल र टीआई नेपालका अध्यक्ष श्री खेमराज रेग्मी सम्मिलित छनौट टोली बनाइएको थियो । सो टोलीले पहिलो, दोस्रो र तेस्रो चित्रहरु छनौट गरेको छ ।

भ्रष्टाचारविरुद्धको उत्कृष्ट चित्र बनाई कलाकारहरु श्री उद्धवराज रिमाल पहिलो, श्री कृष्ण लामा दोस्रो र साजन ह्यङ्गजु तेस्रो हुन सफल भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने कलाकारलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र दिइएको छ । यसैगरी अन्य ९ जना कलाकारहरु श्री अनिल महर्जन, श्री निरज चित्रकार, श्री लक्ष्मण भुसाल, श्री सविन आचार्य, श्री कमल श्रेष्ठ, श्री विद्यामन तामाङ, श्री रोजन खड्का, श्री विवश राई, श्री कृष्णादेवी महर्जनलाई सान्त्वना पुरस्कार स्वरुप प्रतिव्यक्ति रु. २ हजार र प्रमाणपत्र उपलब्ध गराइएको छ ।

चित्रकला प्रदर्शनीको संयोजन ललितकला क्याम्पसका उपप्राध्यापक श्री जसमिनराज भण्डारीले गर्नुभएको थियो ।

बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको चित्रकला प्रदर्शनी उद्घाटन प्रमुख अतिथिका रुपमा ललितकला एकेडेमीका उपकुलपति श्री के के कर्माचार्यले गर्नुभएको हो । ललितकला क्याम्पसका पूर्व क्याम्पप्रमुख श्री गोविन्द लालसिंह डंगोलको पनि उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका महासचिव श्री मुकुन्दबहादुर प्रधानले स्वागत गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमको अध्यक्षता टी आई नेपालका अध्यक्ष खेमराज रेग्मीले गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकारहरुललितकला क्याम्पसका विद्यार्थीहरुटीआई नेपालका पदाधिकारी तथा सदस्यहरु र अन्य महानुभावको सहभागिता रहेको थियो ।

1st photo