शंखरापुर नगरपालिकाद्वारा नगरपालिकाको पुनर्निर्माणसम्बन्धी कार्य थप सरल, पारदर्शी र जवाफदेही बनाउने घोषणा गर्दै एक सदाचारप्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । प्रतिवद्धता कार्यान्वयन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसहितको एक अनुगमन समिति पनि गठन गरिएको छ ।

२०७५ भदौ १० गते उक्त प्रतिवद्धतापत्रमा सही गर्दै नगरपालिकाका मेयर श्री सुवर्ण श्रेष्ठले शंखरापुर क्षेत्रमा भूकम्पबाट ठूलो असर परेको, धेरै क्षति र नोक्सान भएको, पीडितले धेरै समस्या बेहोरिरहेकोेमा प्राविधिक र किस्तासम्बन्धी कार्य वडा तहबाट गरिसकिएकोले अब प्रतिवद्धतामा व्यक्त गरिएका विविध बुँदामा आधारित भई पुनःनिर्माणको कार्यतर्फ ध्यान दिइने बताउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यबाहक अध्यक्ष डा. रामदयाल राकेशले संस्थाको तर्फबाट प्रतिवद्धतापत्र कार्यान्वयन र अनुगमनमा सहयोगी हुने प्रतिवद्धता जनाउनुभयो । सरोकारवाला र नगरवासीको उपस्थितिमा सम्पन्न सार्वजनिक समारोहका बीच सही गरिएको प्रतिवद्धतापत्रबाट भूकम्पपछिको पुनःनिर्माण केन्द्रित नगरपालिकाको काममा सकारात्मक प्रभाव पर्ने अपेक्षा टीआई नेपालले गरेको छ ।

Sadachar patra ma Hastakshar Sadachar Sankharapur4