ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई) नेपालले भ्रष्टाचारविरुद्धको अभियानमा सहकार्य गर्ने उद्देश्यले सञ्चार माध्यमका सम्पादकहरुसँग भेटघाट थालेको छ । यसैक्रममा टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापासँग भेटघाट एवं छलफल गरेको छ ।
छलफलमा अन्नपूर्ण दैनिकका समाचार सम्पादक अखण्ड भण्डारी, यम विरही रसूर्य पाण्डेको पनि सहभागिता रहेको थियो ।
अध्यक्ष रेग्मीले सञ्चारमाध्यमसँग सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्धको अभियानमा के कस्ता सहयोग आदानप्रदान गर्न सकिन्छ त्यसबारेमा छलफल गर्ने उद्देश्यले भेटघाट गर्न आएको बताउनुभयो ।
भेटघाटकै क्रममा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थापाले आमनागरिकका समस्याबारे टीआई नेपालले गहन तवरले अध्ययन अनुसन्धान गरी अघि बढ्न र सञ्चारकर्मीसँग निरन्तर भेटघाट एवं छलफल गर्ने हो भने अन्नपूर्ण दैनिक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
भेटघाटका लागि उपाध्यक्ष सवीता भण्डारी बराल, महासचिव मुकुन्दबहादुर प्रधान, कार्यसमिति सदस्य सीताराम अग्रहरी र कार्यकारी निर्देशक आशिष थापा, वरिष्ठ अधिकृत टीएन घिमिरेको सहभागिता रहेको थियो ।