सदाचार  प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको एजेन्डामा विगत २३ वर्षदेखि क्रियाशील रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको नवनिर्वाचित नेतृत्व र पदाधिकारीले यी कार्यमा प्रत्यक्ष जिम्मेवार सरकारी निकायहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राष्ट्रिय सुरक्षा, सुशासन, तथा नतिजा व्यवस्थापनका सचिव, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक र  राष्ट्रिय सतर्कता केन्द्रका प्रतिनिधिसँग छलफल ग¥यो । छलफल सुशान, सदाचार प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको एजेन्डालाई थप प्रभावकारी बनाउने र आवश्यता बमोजिम आपसी समझदारी कसरी बढाउने भन्ने विषयमा केन्द्रित रहको थियो । यो छलफल ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २०७५ कात्तिक १५ गते बिहीबार कार्यालयकै सभाकक्षामा आयोजना गरेको हो ।

DSC_7582  DSC_7581