काठमाडौ उपत्यकामा भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम कार्यान्वयन गर्न विभिन्न विश्वविद्यालयआबद्ध क्याम्पसमा अध्ययनरत स्वयम्सेवी विद्यार्थीलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले परिचालन गर्दै आएको छ । २०७५ भदौ १३ गते काठमाडांैमा स्वयम्सेवक अभिमुखीकरण कार्यक्रम मार्फत धन्यवाद ज्ञापन गर्दै थप सहयोगका लागि टीआई नेपालले आह्वान गरेको छ । ११ जना स्वयम्सेवी विद्यार्थीहरुको भूकम्पसम्बन्धी अनुभव सुन्दै टीआई नेपालका कार्यबाहक अध्यक्ष डा. रामदयाल राकेशले स्वयंसेवीहरुलाई मानवीय सहयोग जारी राख्न अनुरोध गर्नुभएको छ ।

Volunteer Volunteer2