ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २४ औं साधारणसभा २०७६ असोज १७ गते अल्फा हाउस, काठमाडौंमा अध्यक्ष खेमराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको छ । उक्त अवसरमा २३ औं साधारणसभाले गरेका निर्णयहरू २४ औं साधारणसभाद्वारा आफ्नो जानकारीमा लिइएको थियो । सभामा महासचिव मुकुन्द बहादुर प्रधानद्वारा प्रस्तुत गरिएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन २०७५/०७६ छलफलपश्चात सभाद्वारा स्वीकृत गरिएको थियो । यसैगरी, कोषाध्यक्ष किरण थापाद्वारा प्रस्तुत गरिएको संस्थाको २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन छलफलपश्चात सभाद्वारा स्वीकृत गरिएको थियो । साधारण सभाले २०७६/०७७ को लेखापरीक्षकको नियुक्ति गर्न कार्यसमितिलाई अधिकार प्रदान गरेको थियो । अध्यक्ष खेमराज रेग्मीद्वारा संस्थाले गरेका कामबारे विस्तृत जानकारी दिँदै सल्लाह, सुझाव र सहयोगका लागि सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै २४ औं साधारणसभाको बैठक समापन गरिएको थियो ।

Annual Progress Report 2018-019 (in Nepali)