ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्षद्वारा २०७४।११।२७ गते सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीलाई पठाइएको ‘‘मन्त्रिपरिषदको आचारसंहिता’’ ( टीअाई नेपाल द्वारा मसाैदा  गरिएकाे)  यहाँको जानकारीका लागि प्रस्तुत गरेका छौं । 

सम्माननीय प्रधानमन्त्रीज्यू,

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले लोकतन्त्र सुदृढ पार्ने, सार्वजनिक जीवनमा मर्यादा र नैतिकताको स्तर उच्च राख्ने तथा राज्यप्रति जनताको आस्था र विश्वास बढाउने अभिप्राय राखी ‘‘मन्त्रिपरिषद्का सदस्यहरुको निमित्त आचार संहिता २०७४’’ तर्जुमा गरी कार्यान्वयनका लागि विचारार्थ प्रस्ताव गरेको बेहोरा अनुरोध छ ।

टीआई नेपाल स्थापना कालदेखि नै सदाचार प्रवद्र्धनका लागि आवाज उठाउँदै सुशासन, पारदर्शिता र जवाफदेही राज्य प्रणालीका पक्षमा क्रियाशील नागरिक संस्था हो । टीआई नेपालले विगत २० वर्षदेखि सुशासन, सार्वजनिक उत्तरदायित्व प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा नेपाल सरकारलगायत अन्य सम्बद्ध निकाय र नागरिक समाजसित सहकार्य गर्दै आएको छ ।

यहाँसमक्ष यसै पत्रसाथ प्रस्तुत ‘‘मन्त्रिपरिषद्का सदस्यहरुको निमित्त आचार संहिता २०७४’’ ले नेपाल सरकारको सुशासन र सदाचार प्रवद्र्धन गर्ने अभियानमा सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ । हाम्रो जस्तो लोकतान्त्रिक शासन व्यवस्थामा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको जिम्मवारी प्रधानमन्त्रीमा निहित हुने गर्दछ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यको आचरणले राष्ट्रिय सदाचारको स्थितिसमेत दर्शाउने भएकाले यहाँको नेतृत्वमा रहेको मन्त्रिपरिषद्का सदस्यहरुबाटै प्रस्तुत आचारसंहिताको उद्देश्य अनुकुल प्रतिवद्ध रहने निर्णय मन्त्रिपरिषद्बाट हुन सके आमनागरिकमा सकारात्मक सन्देश प्रवाह हुने बुझाइ हाम्रो छ ।

निरन्तर सहयोग र सद्भावको अपेक्षासहित,

श्रीहरि अर्याल (वरिष्ठ अधिवक्ता)

अध्यक्ष

Download: TIN Code of conduct Ministers 2074