२०७४ माघ २

प्रेस विज्ञप्ति

भूकम्प सुरक्षा दिवसः जानकारी नभए बुझौं, जानौं र अरुलाई पनि भनौं

आज माघ २ गते अर्थात् २० औं भूकम्प सुरक्षा दिवस । २० औं भूकम्प सुरक्षा दिवसका लागि सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार भन्ने मूल नारा तय गरिएको छ । विक्रम सम्बत् १९९० माघ २ गते गएको महाभूकम्पको स्मृतिमा मनाइँदै आएको यो दिवस नेपालमा विक्रम सम्बत् २०५५ सालदेखि मनाइँदै आएको छ ।

नेपाल सरकारका विभिन्न सरोकारवाला कार्यालयहरुसमेतको सहभागिता रहने गरी बनाइएको मूल समारोह समितिले विविध कार्यक्रम आयोजना गरी यस वर्ष पनि यो दिवस मनाउने भएको छ ।

विगत २२ वर्षदेखि देशमा सदाचार प्रवद्र्धनका विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले पनि भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भूकम्प पछिको पुननिर्माणमा सदाचार कार्यक्रम सञ्चालन गरिरहेको छ । एक वर्ष अघिदेखि सञ्चालित उक्त कार्यक्रम मार्फत टीआई नेपालले भूकम्प पछिको पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनका विविध कार्यहरुमा सहकार्य गर्दै आएको छ ।

प्रस्तुत कार्यक्रम सञ्चालन गर्ने क्रममा गत वर्षभरि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । नीतिगत छलफल, विद्यालय अवलोकन, गुनासो संकलन, जजनचेतनामूलक सन्देश प्रशारण, अन्तरक्रिया तथा छलफल, सम्पदा पुनर्निर्माणसम्बन्धी छलफल, सार्वजनिक सुनुवाई, पीडित महिला तथा दलितहरुसँगको छलफल, निर्माण स्थलहरुको अवलोकन आदि कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।

भूकम्प सुरक्षा दिवसलाई सरकारी तवरबाट मनाउन थालेको यतिका वर्ष बितिसक्दा पनि सर्वसाधारणमा अपेक्षाकृत सचेतना विस्तार हुन नसकिरहेको सन्दर्भमा भूकम्पीय जोखिमबारे जनचेतना बढाउन सबैले होस्टेमा हैँसे गर्नु उपयुक्त हुने विश्वास टीआई नेपालले राखेको छ ।

विक्रम सम्बत् २०७२ मा गएको भूकम्पका कारण भूकम्प पीडित नागरिकले सहजतापूर्वक राहत, ऋण र उनीहरुको निजी आवास निर्माणका लागि आवश्यक वातावरण बनाउन सबैक्षेत्रको सामूहिक प्रयाश हुनु आवश्यक देखिएको छ । त्यसैगरी सार्वजनिक भवन र विद्यालय निर्माणमा पनि उत्तिकै सतर्कता अपनाउनुपर्ने भएको छ । यसक्रममा जनप्रतिनिधि, सरकारी संयन्त्रका पदाधिकारीहरु, गैरसरकारी संस्था, सञ्चारजगत् र स्थानीय नागरिक एवं सरोकारवाला सबैले सबैको सहयोग लिन÷पाउन आवश्यक पहल गर्नु पनि उत्तिकै आवश्यक छ ।

भूकम्प सुरक्षा दिवसका सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सबै नेपाली नागरिकको ध्यान निम्नबुँदामा आकृष्ट होस् भन्ने चाहन्छ ः

१. भूकम्प फेरि पनि आउन सक्छ यसबाट कसरी बच्ने ?
२. आफ्नो घर भूकम्प प्रतिरोधी कसरी बनाउने ?
३. भूकम्पको जोखिमबाट बच्न घर निर्माणको गुणस्तर र मापदण्डबारे जानकारी लिनुभएको छ ?
४. निर्माणाधीन सार्वजनिक भवन स्कुल, स्वास्थ्य चौकी आदिको गुणस्तर र निर्माणका लागि तोकिएको मापदण्ड अपनाइएको छ ? चासो राख्न भ्याउनु भएको छ ?

उपरोक्त उल्लिखित बुँदाहरुका बारेमा जानकारी नभए बुझौं, जानौं र यसबारेमा अरुलाई पनि जानकारी प्रदान गरौं भन्दै सम्बद्ध सबैलाई समयमै उचित तवरले ध्यान पु¥याउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल हार्दिक आह्वान गर्दछ ।

श्रीहरि अर्याल
अध्यक्ष

Earthquake pic  DSC00546
Download PDF