२०७४ मंसिर १४ गते
प्रेश वक्तब्य
 
स्थानीय तहको निर्वाचन समाप्त भए लगत्तै संविधान कार्यान्वयनको सिलसिलामा मुलुकमा प्रदेश सभा र संघीय संसदको प्रतिनिधिसभाका लागि दोश्रो चरणको निर्वाचन भईरहेको छ । निर्वाचनकै शिलसिलामा राजनितीक दल र तिनका उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा मतदान गराउनका लागि ब्यापक रुपमा प्रचार प्रसारमा लागेका छन् । यो राम्रो पक्ष हो । तर निर्वाचन प्रचार प्रसारका क्रममा कतिपय दल÷उम्मेदवारले निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचार संहिताको ब्यापक रुपमा उलघंन गरिरहेका समाचारहरु प्राथमिकताका साथ संचार माध्यममा आईरहेका छन् । 
भ्रष्टाचार नियन्त्रण गरि सुशासन अभिवृद्धि गर्दै देशलाई सम्बृद्वि र विकास तर्फ अग्रसर गराउने भनेर प्राय सबै दलले आ–आफ्नो घोषणा पत्रद्वारा प्रतिबद्धता समेत ब्यक्त गरेको अवस्थामा आफूले नै स्वीकार गरेको निर्वाचन आचार संहिता आफैले उलङ्घन् गर्नु चिन्ताको बिषय भएको छ । 
निर्वाचनको मुखमा एकातिर शान्ती शुरक्षाको स्थिति चुनौतिपूर्ण हुँदै गएको छ भने अर्को तर्फ जे जसो गरेर भए पनि निर्वाचनमा बिजयी हुनुपर्छ भन्ने प्रबृत्तिले निर्वाचनबाट आउने परिणाम र सो अनुसार गठन हुने जनप्रतिनिधि संस्थाले सहि अर्थमा जनताको सच्चा प्रतिनिधीमुलक संस्थाको रुप ग्रहण नगर्न पनि सक्छ । यस अवस्थामा सम्बन्धीत सबैले अहिलेनै विचार पु¥याउन जरुरी भएको छ । 
त्यसैले, निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सु–सम्पन्न गर्न गराउन र यसका लागि शान्ति शुरक्षा कायम गर्न कठोर कदम उठाउन नेपाल सरकारसँग हामी आग्रह गर्दछौं । त्यस्तै, आफैले स्वीकार गरेको निर्वाचन आचार संहिता ब्यवहारिक रुपमा पालन गर्न गराउन यस संस्था राजनितिक दल र तीनका उम्मेदवार र निर्वाचन आयोगसँग पनि अग्रह गर्दछौं । 
 
धन्यवाद ।
 
श्रीहरि अर्याल
अध्यक्ष