२०७३।१२।२९

प्रेस विज्ञप्ति

स्थानीय तहको निर्वाचन स्वच्छ बनाउन राजनीतिक दलहरु जवाफदेही बनून

१)  नेपालको इतिहासमा २०७४ साल संघीय गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने वर्ष हो । आगामी वर्ष राष्ट्रव्यापी रुपमा तीन वटा निर्वाचन हुँदैछन् । २०७४ साल वैशाख ३१ गते २० वर्ष पछि स्थानीय तहको निर्वाचन हुने पक्का भैसकेको छ । त्यसका लागि सरकारी राज्यकोषबाट ठूलो धनराशि खर्च हुनु स्वाभाविक हुन्छ । तर उक्त निर्वाचनमा राजनीतिक दल र तिनका उम्मेदवारहरुले गर्ने खर्च पनि प्रसस्तै हुनेछ । एक वर्ष भित्र हुने भनिएको तीनवटा निर्वाचनका लागि राजनैतिक दल र तिनका उम्मेदवारहरुले निर्वाचन प्रयोजनका लागि कति खर्च गर्लान् त्यो अहिले कल्पनासम्म पनि गर्न मुस्किल  छ ।

राजनितीक दल र तिनका उम्मेदवारहरुले निर्वाचन प्रयोजनका लागि कति रकम कहाँवाट जुटाउनेछन भन्ने कुरा स्पष्टसँग लेख्ने गरी भन्न गह्राो छ । तर पनि प्रत्येक दल र उमेदवारले आ—आफ्नो शक्ति र औकात अनुसार अनुचित र अवैध ढङ्गले निर्वाचनका लागि चन्दाको नाममा ठूलो धनराशि उठाउँछन् भन्ने कुरा विगतको अनुभवले भन्न सकिन्छ । २०७४ सालको ९ महिना भित्र हुने तिनै वटा निर्वाचनका लागि राजनीतिक दलहरु र तिनका उम्मेदवारहरुले त्यसो गरी रकम संकलन गरेका अवस्थामा मुलुकमा ब्यापकरुपमा भ्रष्टाचार बढ्न सक्छ । यो हाम्रो चिन्ताको विषय हुन गएको छ । यस कुरातर्फ सरकार तथा सम्बन्धित राजनैतिक दलहरुले गम्भीरपूर्वक सोच्नुपर्ने  छ ।

२) अहिले राजनीतिक दलहरुले आ—आफ्नो अनुकुलका घोषणा पत्र तयार गर्दैछन् । यो राम्रो पक्ष हो । राजनीति सबै नीतिको मूलनीति भएको र सवै राजनीतिक दलको लक्ष्य मुलुकमा ब्याप्त भ्रष्टाचारलाई न्यूनिकरण गर्दै सुशासनतर्फ लैजाने नै नीति हुने भएकाले निर्वाचनमा सहभागी हुने सम्बन्धित सवैले यस कुरालाई विशेष महत्वका साथ आ—आफ्नो घोषणापत्र÷प्रतिवद्धतापत्रमा समावेश गरी सार्वजनिक गरियोस भन्ने हाम्रो नम्र निवेदन छ ।

३) साथै, स्थानीय तहको निर्वाचन भनेको जनताको घरदैलोमा लोकतन्त्रको फल प्रत्यक्ष रुपमा पु¥याउने माध्यम भएकोले सवै राजनीतिक दलहरुले स्वच्छ, योग्य एवं समाज सेवामा संलग्न ब्यक्तिहरुलाई उम्मेदवार वनाइयोस् जसले गर्दा बीस बर्ष अघिदेखि स्थानीय जनप्रतिनिधी शुन्य भएको अवस्थाकोे पीडाबाट जनता मुक्त होउन् । यस दिशातर्फ विशेष गरी राजनितिक दलहरुले ध्यान पु¥याउनेछन् भन्ने हाम्रो विश्वास छ ।

धन्यवाद ।

श्रीहरि अर्याल

अध्यक्ष