प्रेस सामग्री

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले पूर्व पदाधिकारीहरुलाई सुविधा दिने सम्बन्धमा प्रस्तावित विधेयकबारे सम्माननीय सभामुख श्री ओनसरी घर्तीमगरज्यूलाई पठाइएको पत्र सार्वजनिक सञ्चार माध्यमको जानकारी एवं प्रचारप्रसारका लागि पठाइएको बेहोरा अनुरोध छ ।

२०७३।१२।१३

सम्माननीय सभामुख श्री ओनसरी घर्तीमगरज्यू

व्यवस्थापिका संसद

सिंहदरबार, काठमाडौं

 

सम्माननीय सभामुखज्यू,

पूर्व पदाधिकारीहरुलाई सुविधा दिने विषयसँग सम्बन्धित विधेयक अहिले संसदमा छलफलको क्रममा रहेको छ । यो सार्वजनिक सरोकारको विषय भएकाले यस सम्बन्धमा व्यापक रुपमा चर्चा भइरहेको छ । पूर्व पदाधिकारीहरुलाई सुविधा दिँदा आमनागरिकले राज्यबाट न्यूनतम सुविधा समेत नपाइरहेको विद्यमान अवस्थालाई समेत दृष्टिगत गरेर मात्र विधेयक पारित होस् भन्ने हाम्रो आग्रह छ । प्रस्तावित विधेयकका सम्बन्धमा यहाँमार्फत संसदका सबै माननीय सांसदहरुको ध्यानआकृष्ट गरी तदनुसार विधेयक परिमार्जन गर्न आग्रह गर्दछौं ।

राष्ट्रपति भनेको गणतन्त्रको प्रतीक हो, त्यसैले गणतन्त्रका प्रतीकको रुपमा पदासीन व्यक्तिलाई निज निवृत्त भएपछि सम्मान स्वरुप निजको जीवनकालसम्म सुविधासम्पन्न उपयुक्त निवासको व्यवस्था गर्नुपर्छ । भाडाको घरमा बसेको भन्ने भावनाबाट निजलाई मुक्त गर्नुपर्छ । पूर्व राष्ट्रपतिको हैसियत भएको व्यक्तित्वलाई निजको आफ्नो निवास भए पनि उपयुक्तताको आधारमा त्यस्तो निवासमा बस्न प्रोत्साहित गर्नुहुँदैन ।

अन्य पूर्व पदाधिकारीहरुका हकमा विधेयकमा भएको व्यवस्था उचित र उपयुक्त नभएकाले त्यसतर्फ यहाँको ध्यान आकृष्ट गर्दछौं ।

 

भवदीय

पद्मिनी प्रधानाङ्ग

महासचिव

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल