मितिः २०७३÷७÷२९
प्रेस वक्तव्य
महोदय,
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचार विरुद्धको अभियानमा कार्यरत अग्रणी संस्था हो । नीति  निर्माण गर्ने तहबाटै भइरहेको भ्रष्टाचार प्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सजग भइरहेको ध्यानाकर्षण गर्न चाहन्छौं ।
हालै नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालालाई स्वास्थ्य उपचारका निम्ति मन्त्रीपरिषद्बाटै निर्णय गरेर रु.५०,००,००० (पचास लाख) दिइएको खवर प्रति टी.आई.नेपालको ध्यानाकर्षण भएको छ । जुनसुकै दल सत्तामा रहेपनि यस प्रकारको नीतिले प्राथमिकता पाएको र नेपालमा उपचारको राम्रो सम्भावना हुँदाहुँदै पनि स्वास्थ्य उपचारकै नाममा राज्यको कोषबाट राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुले करोडौं करोड रकम प्राप्त गर्ने होडबाजी अत्यन्तै खेद जनक छ । देशभित्र रहेका चिकित्सक र स्वास्थ्य संस्थाप्रति घोर अविश्वास गर्दै उपचारको नाममा राजनितिज्ञहरुले विदेशमा उपचार गर्न रकम माग्ने र स्वयम सरकारले स्वदेशमा उपचार नगराई बिदेशमा उपचारका नाममा रकम बाँड्ने प्रवृत्तिले सर्वसाधारण जनताको मानमर्दन भएको छ ।
मुलुकमा जनसाधारणले न्यूनतम स्वास्थ्यपचार नपाइरहेको, निःशुल्क भनिएको औषधि सहि ढंगले वितरण नगरिएको, सरकारी अस्पतालहरुमा उपचारको समुचित व्यवस्था नगरिएको र निजी अस्पतालमा जनसाधारणको पहुँच नभएको स्थितिमा, मुलुकलाई स्थायित्व, सुशासन र दायित्वपूर्ण शासन व्यवस्था संचालन गर्ने जिम्मेवारी पाएका दलहरुबाटै सत्तामा रहेको बेला लूटको शैलीमा राज्यकोषको दुरुपयोग गरि विभिन्न शिर्षकमा रकम बाँड्ने प्रवृत्तिको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भत्र्सना गर्दछ ।
धन्यवाद ।
……………………
पद्मिनी प्रधानाङ्ग
महासचिव