प्रेस विज्ञप्ति
मन्त्रिपरिषद् विस्तार गर्दा संविधानको मर्म नभुलौं

वर्तमान मन्त्रिपरिषद्को विस्तार र मन्त्रिपरिषद्को संख्या सम्बन्धमा सार्वजनिक सञ्चार माध्यमबाट प्रकाशित समाचारप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यान आकृष्ट भएको छ ।

लामोसमयको प्रतीक्षा पछि नेपाली नागरिकको प्रतिनिधिसम्मिलित संविधान सभाले २०७२ असोज ३ गते जारी गरेको नेपालको संविधानको धारा ७६ ९९० अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा बढीमा पच्चीस जना रहेको मन्त्रिपरिषद् गठन गर्ने छ भन्ने स्पष्ट व्यवस्था रहेको सर्वविदितै छ ।

सार्वभौम संविधानसभाले गरेको यो व्यवस्था सदाका लागि मौलिक र सकारात्मक प्रावधान नै हो । यही प्रावधानलाई आधार मानेर सरकार, संसद र अन्य सबै पक्षबाट संविधान पालनाप्रतिको प्रतिवद्धता र निष्ठा प्रस्तुत हुन सक्नुपर्दछ भन्ने हामीलाई लागेको छ ।

वर्तमान संवेदनशील अवस्थामा उक्त संवैधानिक प्रावधानलाई समेत दृष्टिगत नगरी सङ्क्रमणकालका नाममा आ्आफ्ना ढङ्गले व्याख्या गर्ने गरिएमा सुशासन कायम गर्ने र राजस्व सदुपयोगसमेतको दृष्टिकोणबाट उपयुक्त नहुने भएकाले मन्त्रिपरिषद्मा पच्चीस जनाभन्दा बढी राख्ने र रहने नगरियोस् भनेर सम्बद्ध सबैपक्षसँग टीआई नेपाल विशेष आग्रह गर्दछ ।

भरबहादुर थापा
अध्यक्ष