प्रेस विज्ञप्ति

करिब ७ दशकदेखिको अभिलाषा र एउटा प्रगतिउन्मुख परिवर्तनलाई संस्थागत गर्दै नेपालको संविधानसभाले ‘नेपालको संविधान, २०७२’ पारित गरी यही असोज ३ गतेदेखि लागू भएको छ । यस अवसरमा टीआई नेपाल ‘नेपालको संविधान २०७२’ लाई स्वागत गर्दै संविधानसभाका सभासद्, नेपाल सरकार र आम–नागरिकलाई हार्दिक बधाई ज्ञापन गर्दछ । साथै, टीआई नेपाल मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न यो संविधान सफल होस् भन्ने शुभकामना पनि व्यक्त गर्दछ ।

नेपाली नागरिकका प्रतिनिधिले तयार गरेको यस संविधानमा प्रगति र परिवर्तनको सम्भावना निहित छ । आम–नागरिकका आधारभूत हक–अधिकारको प्रत्याभूतिमा यो संविधानले गरेका प्रावधान सराहनीय छन् । तर पनि संविधान आफैँमा साध्य होइन, साधनमात्र हो । इमान्दारितापूर्वक संविधानको कार्यान्वयनबाट मात्र वाञ्छित गन्तव्यमा पुग्न सकिने हुन्छ ।

यसको अतिरिक्त मुलुक अहिले मूलतः बेथिति, दन्डहीनता र भ्रष्टाचारबाट आक्रान्त छ । यी विकृति नियन्त्रण गर्दै सदाचार प्रवद्र्धन गर्न सकिएन भने हाम्रा अन्य प्रयासहरु पनि निष्फल हुनेछन् । तसर्थ, नेपालको संविधान, २०७२ ले परिकल्पना गरेको शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न बेथिति, भ्रष्टाचार र दन्डहीनता नियन्त्रण गर्दै लोकतान्त्रिक संस्कार र प्रक्रियाको प्रवद्र्धनमा नेपालका सबै राजनीतिक दल तथा नेताहरु र नेपाल सरकार इमान्दारिता र जवाफदेहीपूर्वक लागून् भन्ने टीआई नेपालको माग रहेको छ ।

भरतबहादुर थापा
अध्यक्ष