२५ वैशाख २०७९
प्रेश वक्तव्य
स्वतन्त्र र स्वच्छ मतदान सुनिश्चित गरौँ; धम्की र लोभलालचको भत्र्सना गरौँ ।
काठमाडौं : स्थानीय तहको निर्वाचन यही २०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको सर्वविदितै छ । निर्वाचनको सन्दर्भमा हालसम्म उम्मेदवारी मनोनयन र उम्मेदवारी दर्ता कार्य समाप्त भई चुनाव प्रचार–प्रसारको कार्य जारी रहेको छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू आपूmलाई भोट माग्न मतदातासमक्ष प्रस्तुत हुने क्रम सुरु भएको छ । दल तथा तिनका प्रतिनिधिद्वारा चुनावी आमसभा पनि सम्पन्न गरिँदै आएको छ ।
यसै परिप्रेक्ष्यमा हालै चुनाव प्रचार–प्रसार तथा भोट माग्न आमसभामा राजनीतिक दलका केही नेतृत्व वर्ग र उम्मेदवारहरूले धम्कीपूर्ण शैलीमा मतदातालाई तर्साउने, थर्काउने, लोभलालच र दवाबमा पार्न कोशिस गर्ने, अन्य उम्मेदवारलाई हदैसम्म निच देखाउन तुच्छता प्रदर्शन गर्ने गरेका भन्ने समाचारहरू सञ्चारमाध्यममा प्रेशित भएका छन् । यस्ता घटनाहरूप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल आसन्न निर्वाचन शान्त र भय–त्रासमुक्त वातावरणमा सम्पन्न हुन जरुरी छ भन्ने सर्वमान्य सिद्धान्तमा विश्वास गर्दछ । मतदाताले कुनै डर, लोभ वा गलत सूचनाबाट प्रभावित नभई स्वतन्त्ररुपमा आपूmले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु पर्दछ । जिम्मेवार व्यक्तिहरूबाट निर्वाचनको प्रत्येक चरणमा सही र निष्पक्ष सूचना नागरिकसमक्ष प्रवाह गरिनु पर्दछ । निर्वाचनको माध्यमबाट लोकतन्त्र सुदृढ गर्नका साथै राजनीतिक व्यवस्था र दलहरूप्रतिको आस्था कायम राख्न प्रत्येक मतदाताले स्वतन्त्ररुपमा आफ्नो स्थानीय सरकार प्रतिनिधि चुन्न पाउनु पर्दछ ।
तसर्थ, आपूmलाई उपयुक्त लाग्ने, सक्षम र योग्य व्यक्तिलाई मात्र आफ्नो अमूल्य भोट दिई आपूm र आफ्नो क्षेत्रको विकास सुनिश्चित गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सम्पूर्ण मतदातालाई जोडदार आग्रह गर्दछ ।
पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल