प्रेश वक्तव्य
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पदाधिकारी मनोनयन
२०७९ असोज २४ : ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको कार्यसमितिको २७९ औं बैठक आज सम्पन्न भएको छ । कार्यसमिति बैठकमा संस्थाको विधानअनुसार अध्यक्ष श्री पद्मिनी प्रधानाङ्गद्वारा संस्थाको उपाध्यक्षमा वरिष्ठ पत्रकार श्री शरच्चन्द्र वस्ती, महासचिवमा चार्टर्ड एकाउन्टेन्ट श्री मदनकृष्ण शर्मा र कोषाध्यक्षमा समाजसेवी श्री सुनिता गुरुङ्ग मनोनीत हुनुभएको छ । असोज ७ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट निर्वाचित सदस्यहरूमध्येबाट उक्त मनोनयन भएको हो । कार्यसमितिका अन्य सदस्यमा वरिष्ठ अधिवक्ता श्री सविता भण्डारी बराल, वरिष्ठ पत्रकार श्री सिताराम अग्रहरि, उद्योगी श्री महेन्द्र नारायण श्रेष्ठ, वरिष्ठ पत्रकार श्री हरिबहादुर थापा र राष्ट्रिय व्यावसायिक पहल (प्रतिनिधि, श्री सरोज पाण्डे) रहनुभएको छ ।
आशिष थापा
कार्यकारी निर्देशक