प्रेस वक्तव्य
हार्दिक श्रद्धाञ्जली
२०७९ असोज ३०, काठमाण्डौं ।
काठमाडौं । वरिष्ठ संस्कृतिविद् एवम् शताब्दी पुरुष श्री सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज भएको देहावसानबाट नेपालले एक आदर्श पुरुष, पथ–प्रदर्शक र प्रेरणाको स्रोत गुमाएको छ । सार्वजनिक जीवनमा लामो समयसम्म सक्रिय रहनुभएका जोशी आजीवन नेपाली कला, साहित्य र संस्कृतिको प्रवद्र्धनमा समर्पित हुनुहुन्थ्यो । सादा जीवन र उच्च विचारका प्रतिमान जोशी सदाचारको अनुकरणयोग्य आदर्श प्रस्तुत गर्ने व्यक्तिका रूपमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल राष्ट्रिय सदाचार सम्मान २०७० बाट सम्मानीत हुनुभएको थियो । उहाँको निधनको यस दुःखद् घडीमा स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल शोक–सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।
पद्मिनी प्रधानाङ्ग
अध्यक्ष