CPI 2023 सम्बन्धी प्रेस नोट
काठमाडौं, ०८० माघ १६ (जनवरी ३०, २०२४) । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा Corruption Perceptions Index –CPI_ 2023 (भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२३) सार्वजनिक गरिएको छ । १८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारहरूको ध्यानाकर्षण गरेको छ ।
सीपीआई २०२३ को विश्वव्यापी सन्देश :
- विगत १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रगति हुन सकेको छैन ।
- सरकारहरु भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेका छन् ।
- कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल पु¥याएको छ ।
- निरंकुश हुन वा लोकतान्त्रिक, नेताहरूले न्यायलाई अवमूल्यन गरेकाले भ्रष्टाचारमा दण्डहिनता बढेको छ ।
सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अङ्क (१०८ औं स्थान) दिइएको छ । सीपीआई २०२२ मा नेपालको अंक ३४ (११० औं स्थान) रहेको थियो । सूचकाङ्कमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ । गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ ।
सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अङ्क (२६ औं), भारतले ३९ (९३ औं) माल्दिभ्सले ३९ अङ्क (९३ औं), नेपालले ३५ अङ्क (१०८ औं), श्रीलङ्काले ३४ अङ्क (११५ औं), पाकिस्तानले २९ अङ्क (१३३ औं), बङ्गलादेशले २४ अङ्क (१४९ औं) र अफगानिस्तानले २० अङ्क (१६२ औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अङ्क (७६ औं) प्राप्त गरेको छ ।
वर्ष (सन्) | २०२३ | २०२२ | २०२१ | २०२० | २०१९ | २०१८ | २०१७ | २०१६ | २०१५ | २०१४ | २०१३ | २०१२ |
स्कोर/कूल अङ्क | ३५/१०० | ३४/१०० | ३३/१०० | ३३/१०० | ३४/१०० | ३१/१०० | ३१/१०० | २९/१०० | २७/१०० | २९/१०० | ३१/१०० | २७/१०० |
स्थान/कुल देश | १०८/१८० | ११०/१८० | ११७/१८० | ११७/१८० | ११३/१८० | १२४/१८० | १२२/१८० | १३१/१७६ | १३०/१६८ | १२६/१७५ | ११६/१७७ | १३९/१७६ |
सीपीआई २०२३ मा नेपालको स्कोर बर्टेल्सम्यान फाउन्डेशन, ग्लोबल इनसाइट, भी–डीईएम, विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम र वल्र्ड जस्टिस प्रोजेक्ट र सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानी तयार गरिएको उल्लेख गरिएको छ ।
- बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ ।
- ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ ।
- भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयमा सर्वेक्षण गरेको छ ।
- विश्व बैङ्कले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम–कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ ।
- वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्भेक्षण गरेको छ ।
- वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ ।
(उल्लेखित सर्वेक्षणबारे विस्तृत जानकारी www.transparency.org/cpi मा उपलब्ध रहेको छ ।)
सीपीआई |
बर्टेल्सम्यान फाउन्डेसन |
ग्लोबल इनसाइट |
भी–डीईएम |
विश्व बैङ्क |
वल्र्ड इकोनोमिक फोरम |
वल्र्ड जस्टिस प्रोजेक्ट |
सीपीआई स्कोर |
२०२३ |
३३ |
३५ |
३५ |
३५ |
३८ |
३१ |
३५ |
२०२२ |
३३ |
३५ |
३० |
३५ |
३८ |
३० |
३४ |
२०२१ |
३३ |
३५ |
३० |
३५ |
३४ |
३२ |
३३ |
२०२० |
२९ |
३५ |
२९ |
३५ |
४० |
३२ |
३३ |
२०१९ |
२९ |
३५ |
२९ |
३५ |
४० |
३५ |
३४ |
२०१८ |
२५ |
३५ |
२५ |
३५ |
३३ |
३२ |
३१ |
२०१७ |
२५ |
३५ |
२५ |
३५ |
३४ |
३२ |
३१ |
२०१६ |
२४ |
३४ |
२१ |
३५ |
२६ |
३१ |
२९ |
२०१५ |
२३ |
२२ |
– |
३५ |
३३ |
२४ |
२७ |
२०१४ |
२८ |
२२ |
– |
३५ |
३१ |
३१ |
२९ |
२०१३ |
२८ |
३२ |
– |
३५ |
२८ |
३२ |
३१ |
२०१२ |
२३ |
२२ |
– |
३५ |
२७ |
३१ |
२७ |
Corruption Perceptions Index 2023 सम्बन्धमा Transparency International बाट आज जारी प्रेश विज्ञप्ति र थप जानकारी www.transparency.org/cpi मा र टीआई नेपालको प्रेस विज्ञप्ति www.tinepal.org मा उपलब्ध छ ।
पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
Attachment: