मिति : २०७९ पौष १६ गते
प्रेस वक्तव्य
सौराहा, चितवनमा २०७९ पौष १४ – १६ गते सम्पन्न
ट्रान्सपरेन्सी इन्टरनेशनल (टी.आई.) नेपाल आबद्ध संस्थाहरुको भेलाद्वारा पारित गरिएको ध्यानाकर्षण प्रस्ताव
सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा तीव्र अवरोध पु¥याउने र लोकतन्त्रलाई सबल बन्न नदिने तथ्य सर्वविदित नै छ । यस सन्दर्भमा, हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्त रुपमा जाहेर भएको र निर्वाचनपछि गठित नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनका निम्ति कार्य गर्नुपर्ने आम जनताको अपेक्षा रहेको स्पष्टै छ । तसर्थ, सरकारले देश र जनताको अपेक्षानुरुप भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनलाई उच्च प्राथमिकतामा राखी सशक्त एवं प्रभावकारी रुपमा, स्पष्ट परिणाम देखिने गरी कार्य गरोस् भनी ट्रान्सपरेन्सी इन्टरनेशनल (टी.आई.) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाहरुको यो भेला नवगठित सरकारको ध्यानाकर्षण गर्दछ ।
पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपाल
आवद्ध संस्था :
महिला जागरण संघ, इलाम
नागरिक सरोकार मञ्च, मोरङ
संकल्प समुदायमा आधारित पुनस्र्थापना नेपाल, सुनसरी
मानव अधिकार र वातावरण विकास केन्द्र नेपाल, उदयपुर
मानव अधिकार सचेतन तथा विकास केन्द्र, दोलखा
भ्रष्टाचार विरुद्ध अभियान, चितवन
सुशासनका लागि नागरिक समाज, पोखरा
पारदर्शी नेपाल सिद्धार्थनगर, रुपन्देही
पारदर्शी सरोकार समूह, बुटवल, रुपन्देही
सुशासन अभियान, गुल्मी
बागेश्वरी असल शासन क्लब
नेपालगञ्ज, नागरिक सरोकार संघ, सुर्खेत
सदाचारका लागि सामाजिक पहल, धनगढी
समाज कल्याण समाज, दार्चुला