टीआई नेपालले स्थानीय गैरसरकारी संस्थाहरूसँग आवद्धता मार्फत जिल्ला स्तरमा भ्रष्टाचार विरुद्ध गठबन्धन निर्माण गर्दछ। जनस्तरमा क्रियाशील र जिल्ला, नगरपालिका वा गाउँ तहमा आफ्नो गतिविधि सञ्चालन गरेका संस्थाहरूलाई आवध्दता प्रदान गरिन्छ। गतिविधिहरू स्थानीय स्तरमा जनताको आवाज सिर्जना गर्नेदेखि लिएर टीआई नेपालको उद्देश्यहरूसँग मेल खाने सदाचार, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने विषय हुन सक्छन्। आफ्नो भौगोलिक प्राथमिकता र स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै, टीआई नेपालले सम्बन्धित क्षेत्रका संस्था र व्यक्तिहरूसँग उचित परामर्श गरेर संस्थाहरूको पहिचान गर्छ।
टीआई नेपालले यसको आवद्ध संस्था निर्देशिकाको धारा ५, ६ र ७ मा रहेका प्रावधानहरूको अधीनमा रही औपचारिक घोषणा मार्फत आवद्धता प्रदान गर्नेछ। निर्देशिकामा उल्लेख भए बमोजिम सम्बन्धनलाई कानूनी स्थिति प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरिनेछ। टीआई नेपाल र आबद्ध संस्थाले समझदारी पत्रमा हस्ताक्षर गरेपछि संस्थालाई आवद्ध संस्था मानिनेछ ।
टीआई नेपालले १३ जिल्लामा १३ वटा आबद्ध संस्थाको सञ्जाल बनाएको छ ।
प्रदेश | जिल्ला | संस्था |
कोशी | इलाम | महिला जागरण संघ, इलाम |
मोरङ | नागरिक सरोकार मञ्च, विराटनगर | |
सुनसरी | संकल्प सीबीआर नेपाल, इनरुवा | |
उदयपुर | मानव अधिकार तथा वताबरण विकास केन्द्र, गाईघाट | |
बागमती | दोलखा | मानव अधिकार सचेतन तथा विकास केन्द्र, चरिकोट |
चितवन | भ्राष्टचार बिरुद्ध अभियान, भरतपुर | |
गण्डकी | कास्की | सुशासनकालागि नागरिक समाज, पोखरा |
लुम्बिनी | बाँके | बागेश्वरी असल शासन (बास), नेपालगन्ज |
रुपन्देही | पारदर्शी नेपाल, भैरहवा | |
गुल्मी | सुशासन अभियान, तम्घास | |
कर्णाली | सुर्खेत | नागरिक सरोकार संघ, वीरेन्द्रनगर |
सुदूरपश्चिम | कैलाली | सदाचारकोलागि सामाजिक पहल, धनगढी |
दार्चुला | समाज कल्याण समाज, खलंगा, दार्चुला |