अरूको आचारण असल राख्न आग्रह गर्न सक्षम हुनका लागि पहिले आफ्नो आचरण असल हुनुपर्छ भन्ने मान्यताअनुरुप टीआई नेपालले सन् १९९९ मा आफ्ना सदस्यहरूका लागि एक आचारसंहिता स्वीकृत गरेको छ । सदस्यको आचरण निम्न मार्गदर्शनबाट निर्देशित हुनेछ:
- लाभ : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका सदस्यहरूले यस संस्थाअन्तर्गत भएका क्रियाकलाप र कार्यक्रमहरूमा सेवा गरेवापत् लाभको पद ग्रहन गर्ने छैनन् वा कुनै किसिमको आर्थिक लाभ लिने छैन ।
- उपहार, मनोरञ्जन, सहयोग र अन्य पुरस्कारहरूको आग्रहको स्वीकृति: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालमा ग्रहण गरेको पदीय दायित्वका कारण सेवा पु¥याएवापत् वा गर्न सकिने सेवाका कारण कुनै पनि सदस्यले उपहार, सामान, कुनै पनि किसिमको सहायता वा अनुदान माग गर्न वा स्वीकार गर्ने छैन ।
- स्वार्थको द्वन्द: सित्तैमा दिइनेबाहेक ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले खरिद गर्ने सेवा र सामानहरूको आपूर्तिका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका पदाधिकारीहरू, कार्यकारी सदस्यहरू र सल्लाहाकारको प्रत्यक्ष वा अप्रत्यक्ष आर्थिक स्वार्थ रहेको कुनै पनि संस्थाहरू अयोग्य मानिनेछन् ।
- सूचनाको दुरुपयोग: निजी स्वार्थलाई प्रोत्साहन दिनको लागि कुनै पनि सदस्यले संस्थाबाट प्राप्त वा संस्थासँग सम्बन्धित आधिकारीक सूचना प्रत्यक्ष वा अप्रत्यक्ष उपयोग गर्ने वा उपयोग गर्ने अनुमति दिनु हँुदैन ।
- ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको सम्पत्तिको उपयोग: कुनै पनि सदस्यले ट्रान्सपरेन्सी इन्टरनेशनल
(टीआई) नेपालको कुनै पनि किसिमको सम्पत्ति आधिकारीकरुपमा स्वीकृत गरिएका कार्यक्रमहरूमा बाहेक अन्य कार्यक्रमहरूमा प्रत्यक्ष÷अप्रत्यक्ष प्रयोग गर्ने छैनन् वा प्रयोग गर्ने अनुमति दिने छैनन् । - तटस्थता: आफ्नो पदीय दायित्वहरू निर्वाह गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका सबै सदस्यहरूले कुनै विशेष स्वार्थ भएको समूहसँग सम्बन्ध कायम गर्ने छैनन् ।
- अदालतमा मुद्दा: भ्रष्टाचारको अभियोगसँग सम्बन्धित, अदालति प्रक्रियामा संलग्न हुन सक्ने अवस्थामा काटेको पुर्जी, अन्य कानूनी कागजातहरूका बारेमा सदस्यहरूले कार्यसमितिलाई तुरुन्तै जानकारी दिनु पर्नेछ ।
- मूल मर्म: सदस्यहरूले ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल र ट्रान्सपरेन्सी इन्टरनेशनलको मूल मर्मलाई सघाउँदै देशमा भ्रष्टाचार विरोधी क्रियाकलापलाई प्रवद्र्धन गर्न सक्रिय स्वयम्सेवी भूमिका निर्वाह गर्दै भ्रष्टाचारको विरोध गर्नु पर्नेछ ।
- पारदर्शिता: स्वार्थको द्वन्द्वका प्रावधानहरूलाई सही र पारदर्शीरुपमा कार्यान्वयन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका सबै सदस्यहरूले आफू संलग्न भएका संस्थाहरूमा भएको आफ्नो सदस्यता, स्वामित्व र स्वार्थ अलावा प्रत्यक्ष वा अप्रत्यक्ष वित्तीय स्वार्थहरूको घोषणा गर्नेछन् ।
- उत्तरदायित्व: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका कार्यहरूमा यससँग सम्बन्धित आफ्ना कर्तव्य निर्वाह र कार्य सम्पादन गर्दा आफूले गरेका काम–कारवाहीप्रति सदस्यहरू संस्थाप्रति उत्तरदायी वा जवाफदेही हुनेछन् । सम्पूर्ण सदस्यहरू सदैव कार्यसमितिको भूमिका, प्रतिष्ठा र अधिकारको सम्मान गर्नेछन् ।
- कार्य विस्तार: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका सदस्यहरूले भ्रष्टाचारको विरुद्धमा लड्न इच्छुक संस्थाहरूसँग सम्बन्ध कायम गर्न प्रयास गर्नु पर्नेछ । सदस्यहरूले भ्रष्टाचारका नकारात्मक असरहरूका साथै यसलाई समाधान गर्ने सकारात्मक कदमहरूका बारेमा सर्वसाधारणको ध्यान केन्द्रित गर्ने क्रियाकलापहरूमा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
- पूर्व न्यायिक वक्तव्य: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको सदस्यको हैसियतमा कुनै पनि सदस्यले कुनै व्यक्तिका सम्बन्धमा भ्रष्टाचारको आरोपका सार्वजनिक वक्तव्य दिनु हँुदैन ।
- विगत: कुनै पनि सदस्यको विगत भ्रष्ट व्यावसायिक अभ्यासमा संलग्न भएको हुनुहँुदैन ।
- पक्षपोषण: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा सही आचारको मापदण्ड सुनिश्चित गर्न र भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासहरूलाई सवल पार्न सक्रिय भूमिका निर्वाह गर्न यसका सदस्यहरूले पक्षपोषकको जस्तो भूमिका निर्वाह गर्नेछन् ।
- कमाई: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका तर्फबाट वा यससँग सम्बन्धित कार्यबाट यसका सदस्यहरूले आर्जन गरेको कुनै पनि आम्दानी ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको खातामा जम्मा गरिनेछ ।
- वित्तीय प्रतिज्ञा: सबै सदस्यहरूले आफ्नो करयोग्य आयमा नियमितरुपले कर तिर्ने अपेक्षा गरिन्छ ।
- अनुशासनको कारवाही: सदस्यले आचारसंहिताको उल्लंघन गरेमा कार्यसमितिले अनुशासनको कारवाही गर्न सक्नेछ । यस्तो कारवाहीको प्रकृति कार्यसमिति आफैले त्यतिबेला निर्धारण गर्नेछ ।