प्रेश विज्ञप्ति
भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस
हालै नेपाल सरकारद्वारा सार्वजनिक गरिएको मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ लाई शंशोधन गर्न बनेको मस्यौदा विधेयकमा मुल संहिताको दफा १५९ अन्तर्गत मौजुदा व्यवस्थामा माफी हुन नसक्ने कसुरहरु सम्बन्धि व्यवस्था हटाई शंशोधन गर्न गरिएको प्रस्ताव प्रति यस संस्थाको गंभीर ध्यानाकर्षण भएको छ ।
विद्यमान संहितामा भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, यातना, जवरजस्ती करणी, ज्यान मार्ने जस्ता गंभीर प्रकृतिका कसुरदारलाई सजाय माफी गर्न नसकिने प्रष्ट ब्यवस्था रहीआएकोमा सो हटाइएकोले प्रस्तावित शंशोधन पारित भएमा त्यस्ता कसुरदारलाई समेत सरकारद्धारा सजायबाट माफी दिने वाटो खुल्न जाने देखिएको छ । जस्ले गर्दा मुलुकमा ब्याप्त रहेको भ्रष्टाचार, कुुसाशन एवम् अराजकता लाई थप प्रोत्साहन प्रदान गर्ने अवस्था कानुन द्धारानै सृजना हुन जानेछ । तसर्थ, प्रस्तावित शंशोधनमा भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण लगायत गंभीर प्रकृतिका फौजदारी कसुरदारलाइ सजाय माफी दिन नसक्ने मौजुदा व्यवस्था कायम राख्न सरकार समक्ष ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार माग गर्दछ ।
धन्यवाद ।
मदन कृष्ण शर्मा
अध्यक्ष
२०८२ श्रावण १५