शनिवार, अक्टोबर 18, 2025

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका सदस्यहरूको आचारसंहिता

अरूको आचारण असल राख्न आग्रह गर्न सक्षम हुनका लागि पहिले आफ्नो आचरण असल हुनुपर्छ भन्ने मान्यताअनुरुप टीआई नेपालले सन् १९९९ मा आफ्ना सदस्यहरूका लागि एक आचारसंहिता स्वीकृत गरेको छ । सदस्यको आचरण निम्न मार्गदर्शनबाट निर्देशित हुनेछ:

  • लाभ : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका सदस्यहरूले यस संस्थाअन्तर्गत भएका क्रियाकलाप र कार्यक्रमहरूमा सेवा गरेवापत् लाभको पद ग्रहन गर्ने छैनन् वा कुनै किसिमको आर्थिक लाभ लिने छैन ।
  • उपहार, मनोरञ्जन, सहयोग र अन्य पुरस्कारहरूको आग्रहको स्वीकृति: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालमा ग्रहण गरेको पदीय दायित्वका कारण सेवा पु¥याएवापत् वा गर्न सकिने सेवाका कारण कुनै पनि सदस्यले उपहार, सामान, कुनै पनि किसिमको सहायता वा अनुदान माग गर्न वा स्वीकार गर्ने छैन ।
  • स्वार्थको द्वन्द: सित्तैमा दिइनेबाहेक ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले खरिद गर्ने सेवा र सामानहरूको आपूर्तिका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका पदाधिकारीहरू, कार्यकारी सदस्यहरू र सल्लाहाकारको प्रत्यक्ष वा अप्रत्यक्ष आर्थिक स्वार्थ रहेको कुनै पनि संस्थाहरू अयोग्य मानिनेछन् ।
  • सूचनाको दुरुपयोग: निजी स्वार्थलाई प्रोत्साहन दिनको लागि कुनै पनि सदस्यले संस्थाबाट प्राप्त वा संस्थासँग सम्बन्धित आधिकारीक सूचना प्रत्यक्ष वा अप्रत्यक्ष उपयोग गर्ने वा उपयोग गर्ने अनुमति दिनु हँुदैन ।
  • ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको सम्पत्तिको उपयोग: कुनै पनि सदस्यले ट्रान्सपरेन्सी इन्टरनेशनल
    (टीआई) नेपालको कुनै पनि किसिमको सम्पत्ति आधिकारीकरुपमा स्वीकृत गरिएका कार्यक्रमहरूमा बाहेक अन्य कार्यक्रमहरूमा प्रत्यक्ष÷अप्रत्यक्ष प्रयोग गर्ने छैनन् वा प्रयोग गर्ने अनुमति दिने छैनन् ।
  • तटस्थता: आफ्नो पदीय दायित्वहरू निर्वाह गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका सबै सदस्यहरूले कुनै विशेष स्वार्थ भएको समूहसँग सम्बन्ध कायम गर्ने छैनन् ।
  • अदालतमा मुद्दा: भ्रष्टाचारको अभियोगसँग सम्बन्धित, अदालति प्रक्रियामा संलग्न हुन सक्ने अवस्थामा काटेको पुर्जी, अन्य कानूनी कागजातहरूका बारेमा सदस्यहरूले कार्यसमितिलाई तुरुन्तै जानकारी दिनु पर्नेछ ।
  • मूल मर्म: सदस्यहरूले ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल र ट्रान्सपरेन्सी इन्टरनेशनलको मूल मर्मलाई सघाउँदै देशमा भ्रष्टाचार विरोधी क्रियाकलापलाई प्रवद्र्धन गर्न सक्रिय स्वयम्सेवी भूमिका निर्वाह गर्दै भ्रष्टाचारको विरोध गर्नु पर्नेछ ।
  • पारदर्शिता: स्वार्थको द्वन्द्वका प्रावधानहरूलाई सही र पारदर्शीरुपमा कार्यान्वयन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका सबै सदस्यहरूले आफू संलग्न भएका संस्थाहरूमा भएको आफ्नो सदस्यता, स्वामित्व र स्वार्थ अलावा प्रत्यक्ष वा अप्रत्यक्ष वित्तीय स्वार्थहरूको घोषणा गर्नेछन् ।
  • उत्तरदायित्व: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका कार्यहरूमा यससँग सम्बन्धित आफ्ना कर्तव्य निर्वाह र कार्य सम्पादन गर्दा आफूले गरेका काम–कारवाहीप्रति सदस्यहरू संस्थाप्रति उत्तरदायी वा जवाफदेही हुनेछन् । सम्पूर्ण सदस्यहरू सदैव कार्यसमितिको भूमिका, प्रतिष्ठा र अधिकारको सम्मान गर्नेछन् ।
  • कार्य विस्तार: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका सदस्यहरूले भ्रष्टाचारको विरुद्धमा लड्न इच्छुक संस्थाहरूसँग सम्बन्ध कायम गर्न प्रयास गर्नु पर्नेछ । सदस्यहरूले भ्रष्टाचारका नकारात्मक असरहरूका साथै यसलाई समाधान गर्ने सकारात्मक कदमहरूका बारेमा सर्वसाधारणको ध्यान केन्द्रित गर्ने क्रियाकलापहरूमा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
  • पूर्व न्यायिक वक्तव्य: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको सदस्यको हैसियतमा कुनै पनि सदस्यले कुनै व्यक्तिका सम्बन्धमा भ्रष्टाचारको आरोपका सार्वजनिक वक्तव्य दिनु हँुदैन ।
  • विगत: कुनै पनि सदस्यको विगत भ्रष्ट व्यावसायिक अभ्यासमा संलग्न भएको हुनुहँुदैन ।
  • पक्षपोषण: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा सही आचारको मापदण्ड सुनिश्चित गर्न र भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासहरूलाई सवल पार्न सक्रिय भूमिका निर्वाह गर्न यसका सदस्यहरूले पक्षपोषकको जस्तो भूमिका निर्वाह गर्नेछन् ।
  • कमाई: ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका तर्फबाट वा यससँग सम्बन्धित कार्यबाट यसका सदस्यहरूले आर्जन गरेको कुनै पनि आम्दानी ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको खातामा जम्मा गरिनेछ ।
  • वित्तीय प्रतिज्ञा: सबै सदस्यहरूले आफ्नो करयोग्य आयमा नियमितरुपले कर तिर्ने अपेक्षा गरिन्छ ।
  • अनुशासनको कारवाही: सदस्यले आचारसंहिताको उल्लंघन गरेमा कार्यसमितिले अनुशासनको कारवाही गर्न सक्नेछ । यस्तो कारवाहीको प्रकृति कार्यसमिति आफैले त्यतिबेला निर्धारण गर्नेछ ।