शनिवार, अक्टोबर 25, 2025
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेश विज्ञप्ति – कोभिड–१९ को खोप यथाशीघ्र उपलब्ध होस्

मे 7, 2021

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा जारी प्रेश विज्ञप्ति

कोभिड–१९ को खोप यथाशीघ्र उपलब्ध होस्

२४ वैशाख २०७८ । कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भएको छ । हालको यो महामारीको दोस्रो चरणमा अप्रत्याशित रुपले नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै छन् भने दैनिक मृत्यु संख्या पनि निरन्तर बढ्दो छ । राजधानी लगायतका अस्पतालहरुमा शैयाको चरम अभाव रहेको, अक्सिजन आपूर्तिमा अभाव भएको, आवश्यक औषधि र सामग्रीहरुको पनि अभाव भएको र उचित उपचारको अभावमा संक्रमितहरुले अकाल मृत्युवरण समेत गर्नु परिरहेको बारेका समाचारहरुले सर्वसाधारण जनता झन आक्रान्त भएका छन् ।

यस्तो अवस्थामा सरकारले सेरम इन्ष्टिच्यूट अफ इण्डिया प्रा.लि., भारतबाट खरिद गरिएको र गर्ने भनिएको खोपको आपूर्तिमा नेपालका केही कमिशन एजेन्टले प्रभाव पारी ढिलाई भैरहेको भन्ने समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्। उपरोक्त विषयहरुमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस संवेदनशील तथा जटिल परिस्थितिमा नेपाल सरकारलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन निम्न विषयमा ध्यानाकर्षण गराउन चाहन्छ:

१. जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो र आधारभूत कर्तव्य हो, जसमा कुनै सम्झौता हुन सक्दैन । महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशिघ्र निःशुल्क उपलब्ध गराउनु पर्दछ । यसका लागि सर्वप्रथम पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका साथै पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोपको व्यवस्था तोकिएको समयसीमाभित्रै हुनुपर्दछ । हाल यो प्रक्रिया अवरुद्ध भएकोले जनहीतकोलागि सरकारले  शिघ्रातिशीघ्र खोपतालिका सार्वजनिक गर्नु जरुरी छ । खोप आपूर्ति किन रोकिएको, कुन राष्ट्रबाट कति खोप अनुदानमा आयो र कति आउन बाकिछ, कति खरिद भै आयो र कति आउन बाकी छ, हाल खोपको मौज्दात कति छ र कति नयां खरिदको क्रममा छ भन्नेबारे जनतालाई सुसूचित गराउनु पर्दछ । यस्ता सूचना प्राप्त गर्नु नागरिकको संविधानप्रदत्त मौलिक अधिकार पनि हो ।

२. विगत दुई वर्षदेखि टि.आई. नेपालले स्वास्थ सम्बन्धि सामग्री र औषधिकोलागि खुला करार प्रणाली अपनाउन नेपाल सरकार, औषधी व्यवसायी र सरोकारवालाहरुसंग विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कोभिड–१९ जस्तो महामारीको अवस्थामा खोप लगायतका स्वास्थोपचार सम्बन्धि खरिदको प्रक्रिया झन बढि पारदर्शी र जवाफदेही बनाइनु पर्ने जन आकांक्षा हुन्छ । महामारीको समयमा स्वास्थ्योपचार सम्बन्धि खरिदमा अनियमितता हुनु राष्ट्रघाती काम हो । कमिशनका लागि नेपाली जनताको जीवनसँग खेलवाड गर्ने काममा सरकारी वा निजी क्षेत्रका कसैको संलग्न भएको भए छानविन गरी निर्मम कारबाही गरिनु पर्दछ । वास्तविकता पारदर्शी बनाइनु पर्दछ ।

३. कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनै तहका सरकारको संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी छ । हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाइनु जरुरी छ ।

४. कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयम्सेवी, सामाजिक अभियन्ता, सेवाकर्मीले अनवरत रुपमा दुवै चरणको संक्रमणमा आफ्ना तर्फबाट सेवा पु¥याउँदै आएको कार्य सह्रानीय छ । यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी छ । साथै उनीहरूको स्वास्थ्य र सुरक्षा बारे थप संवेदनशील हुन जरुरी छ ।

कोभिड–१९ महामारी नियन्त्रण सम्बन्धि उपरोक्त विषय पारदर्शिता तथा जवाफदेहीताका साथ कार्यान्वयन होस् भनी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सरकारसँग जोडदार माग गर्दछ । धन्यवाद ।

मुकुन्द बहादुर प्रधान

महासचिव

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

Press Release
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्ने ऐतिहासिक जेन जी आन्दोलनको सिलसिलामा दिवंगत हुनुभएका देशभक्त नवयुवाहरूमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल...

Read moreDetails
Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2025, Transparency International Nepal. All rights reserved.