बिहिवार, फेब्रुअरी 26, 2026
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेश विज्ञप्ति – कोभिड–१९ को खोप यथाशीघ्र उपलब्ध होस्

मे 7, 2021

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा जारी प्रेश विज्ञप्ति

कोभिड–१९ को खोप यथाशीघ्र उपलब्ध होस्

२४ वैशाख २०७८ । कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भएको छ । हालको यो महामारीको दोस्रो चरणमा अप्रत्याशित रुपले नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै छन् भने दैनिक मृत्यु संख्या पनि निरन्तर बढ्दो छ । राजधानी लगायतका अस्पतालहरुमा शैयाको चरम अभाव रहेको, अक्सिजन आपूर्तिमा अभाव भएको, आवश्यक औषधि र सामग्रीहरुको पनि अभाव भएको र उचित उपचारको अभावमा संक्रमितहरुले अकाल मृत्युवरण समेत गर्नु परिरहेको बारेका समाचारहरुले सर्वसाधारण जनता झन आक्रान्त भएका छन् ।

यस्तो अवस्थामा सरकारले सेरम इन्ष्टिच्यूट अफ इण्डिया प्रा.लि., भारतबाट खरिद गरिएको र गर्ने भनिएको खोपको आपूर्तिमा नेपालका केही कमिशन एजेन्टले प्रभाव पारी ढिलाई भैरहेको भन्ने समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्। उपरोक्त विषयहरुमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस संवेदनशील तथा जटिल परिस्थितिमा नेपाल सरकारलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन निम्न विषयमा ध्यानाकर्षण गराउन चाहन्छ:

१. जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो र आधारभूत कर्तव्य हो, जसमा कुनै सम्झौता हुन सक्दैन । महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशिघ्र निःशुल्क उपलब्ध गराउनु पर्दछ । यसका लागि सर्वप्रथम पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका साथै पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोपको व्यवस्था तोकिएको समयसीमाभित्रै हुनुपर्दछ । हाल यो प्रक्रिया अवरुद्ध भएकोले जनहीतकोलागि सरकारले  शिघ्रातिशीघ्र खोपतालिका सार्वजनिक गर्नु जरुरी छ । खोप आपूर्ति किन रोकिएको, कुन राष्ट्रबाट कति खोप अनुदानमा आयो र कति आउन बाकिछ, कति खरिद भै आयो र कति आउन बाकी छ, हाल खोपको मौज्दात कति छ र कति नयां खरिदको क्रममा छ भन्नेबारे जनतालाई सुसूचित गराउनु पर्दछ । यस्ता सूचना प्राप्त गर्नु नागरिकको संविधानप्रदत्त मौलिक अधिकार पनि हो ।

२. विगत दुई वर्षदेखि टि.आई. नेपालले स्वास्थ सम्बन्धि सामग्री र औषधिकोलागि खुला करार प्रणाली अपनाउन नेपाल सरकार, औषधी व्यवसायी र सरोकारवालाहरुसंग विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कोभिड–१९ जस्तो महामारीको अवस्थामा खोप लगायतका स्वास्थोपचार सम्बन्धि खरिदको प्रक्रिया झन बढि पारदर्शी र जवाफदेही बनाइनु पर्ने जन आकांक्षा हुन्छ । महामारीको समयमा स्वास्थ्योपचार सम्बन्धि खरिदमा अनियमितता हुनु राष्ट्रघाती काम हो । कमिशनका लागि नेपाली जनताको जीवनसँग खेलवाड गर्ने काममा सरकारी वा निजी क्षेत्रका कसैको संलग्न भएको भए छानविन गरी निर्मम कारबाही गरिनु पर्दछ । वास्तविकता पारदर्शी बनाइनु पर्दछ ।

३. कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनै तहका सरकारको संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी छ । हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाइनु जरुरी छ ।

४. कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयम्सेवी, सामाजिक अभियन्ता, सेवाकर्मीले अनवरत रुपमा दुवै चरणको संक्रमणमा आफ्ना तर्फबाट सेवा पु¥याउँदै आएको कार्य सह्रानीय छ । यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी छ । साथै उनीहरूको स्वास्थ्य र सुरक्षा बारे थप संवेदनशील हुन जरुरी छ ।

कोभिड–१९ महामारी नियन्त्रण सम्बन्धि उपरोक्त विषय पारदर्शिता तथा जवाफदेहीताका साथ कार्यान्वयन होस् भनी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सरकारसँग जोडदार माग गर्दछ । धन्यवाद ।

मुकुन्द बहादुर प्रधान

महासचिव

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान नेपालको संविधानअनुसार प्रतिनिधि सभाको निर्वाचन आउँदो २०८२...

Read moreDetails
Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2025, Transparency International Nepal. All rights reserved.