बिहिवार, फेब्रुअरी 26, 2026
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेश वक्तव्य – संघीय र प्रादेशिक निर्वाचन २०७९ को सन्दर्भमा टीआई नेपालको आह्वान

नोभेम्बर 19, 2022

प्रेस वक्तव्य

संघीय र प्रादेशिक निर्वाचन २०७९ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

३० कात्तिक २०७९

नेपालको संविधान अनुसार संघीय र प्रादेशिक निर्वाचन यही २०७९ साल मंसिर ४ गते हुन लागेको सर्वविदितै छ । निर्वाचनबाट प्रतिनिधिसभा र सातवटा प्रदेशसभाको निर्माण हुनेछ, जसको अनुक्रममा संघीय सरकार र सात प्रादेशिक सरकार निर्माण हुनेछन् । नेपाल र नेपालीका लागि अत्यन्त महत्वपूर्र्ण यस निर्वाचनलाई स्वच्छ, सार्थक र सफल बनाउन निम्न सम्बद्ध पक्षहरूलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल आह्वान गर्दछ ।

सरकार

निर्वाचन पूर्व, निर्वाचनको (मतदानको) चरणमा र निर्वाचनपछि पनि मुलुकभर शान्ति सुव्यवस्था कायम गर्दै आम–नागरिकसँग सम्बन्धित जनस्वास्थ्य र आपूर्तिका व्यवस्था कायम गर्दै सानाठूला सबै दल, सम्पूर्ण उम्मेदवारहरू र मतदाता समेतलाई शान्तिपूर्वक र भय, त्रासमुक्त वातावरणमा आफ्नो अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन संघ र प्रदेश सरकारहरूलाई आह्वान गर्दछौं ।

निर्वाचन¬ आयोग

निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गराउने जिम्मेवारी निर्वाचन आयोगको भएकाले निर्वाचन प्रचार–प्रसारमा सहजता, मतदाता शिक्षा र मतदान केन्द्रहरूको उपयुक्त व्यवस्थाका अतिरिक्त मतदाताले सहजरुपमा निर्भयतापूर्वक मतदान गर्न पाउने वातावरण बनाउन तथा मतगणना र नतिजा घोषणा समेतमा विश्वसनीय व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आह्वान गर्दछौं ।

राजनीतिक दल

दलहरूको घोषणा–पत्र, उम्मेदवार छनौट र प्रचार–प्रसार शैलीले मतदाताको अपेक्षाको निर्माण गर्ने हुँदा उपयुक्त, सक्षम, सेवामुखी र योग्य उम्मेदवारलाई प्रोत्साहन गर्न, निर्वाचन आचार–संहिता अनुकूल सभ्य र शिष्ट प्रचार–प्रसार शैली अवलम्बन गर्न तथा मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई आह्वान गर्दछौं ।

उम्मेदवार

निर्वाचनमा भाग लिने उम्मेदवारले मतदान पूर्व, मतदानको समयमा, मतगणनाको समयमा र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च नैतिक आचरण प्रस्तुत गर्नुका साथै मतदातालाई डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दछौं । साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार–संहिता अनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि सबै उम्मेदवारमा अनुरोध गर्दछौं ।

मतदाता

आफैले आफ्ना लागि प्रतिनिधि छनौट गर्ने यो निर्णायक घडीमा कसैको लोभ–लालच, भ्रम वा भय त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न, स्वार्थ नभएका र उच्च नैतिक आचरण भएका सक्षम व्यक्तिलाई मतदान गरी आफू र आफ्ना सन्ततिको भविष्य सुनिश्चित गर्न मतदातालाई आह्वान गर्दछौं ।

चन्दादाता

निर्वाचनको क्रममा राजनीतिक दल वा उम्मेदवारलाई चन्दा, सहयोग दिन चाहने नागरिक, उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूले आफूले दिएको सहयोग पारदर्शी गर्न र निर्वाचन आचार–संहिता प्रतिकूल कुनै सहयोग नदिन अनुरोध गर्दछौं ।

सञ्चारजगत्

निर्वाचनको प्रत्येक चरणमा निष्पक्ष पहरेदारको रुपमा सञ्चारजगत्ले स्वच्छ प्रतिस्पर्धा, निर्वाचन आचार–संहिताको पालना, मतदाताको भूमिका र सही उम्मेदवार छनौटमा सकारात्मक समाचार सम्प्रेषण गर्न÷गराउन आह्वान गर्दछौं ।

राज्य व्यवस्थाको सुदृढीकरणका साथै भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारलाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो । यसका लागि निर्वाचित हुने प्रतिनिधि योग्य, सक्षम र सदाचारी हुनु आवश्यक छ । तसर्थ, नेपाल र नेपालीको भविष्यसँग जोडिएको यस निर्वाचनलाई सफल बनाई उपयुक्त व्यक्ति मात्र निर्वाचित हुन सक्ने वातावरण बनाउन सबै सरोकारवालाको सकारात्मक भूमिकाका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल जोडदार आह्वान गर्दछ ।

पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

Download PDF

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान नेपालको संविधानअनुसार प्रतिनिधि सभाको निर्वाचन आउँदो २०८२...

Read moreDetails
Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2025, Transparency International Nepal. All rights reserved.