बुधवार, अक्टोबर 22, 2025
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

CPI 2023 सम्बन्धी प्रेस नोट

जनवरी 20, 2024

CPI 2023 सम्बन्धी प्रेस नोट

काठमाडौं, ०८० माघ १६ (जनवरी ३०, २०२४) । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा  Corruption Perceptions Index –CPI_ 2023 (भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२३) सार्वजनिक गरिएको छ । १८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारहरूको ध्यानाकर्षण गरेको छ ।

सीपीआई २०२३ को विश्वव्यापी सन्देश :

  • विगत १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रगति हुन सकेको छैन ।
  • सरकारहरु भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेका छन् ।
  • कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल पु¥याएको छ ।
  • निरंकुश हुन वा लोकतान्त्रिक, नेताहरूले न्यायलाई अवमूल्यन गरेकाले भ्रष्टाचारमा दण्डहिनता बढेको छ ।

सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अङ्क (१०८ औं स्थान) दिइएको छ । सीपीआई २०२२ मा नेपालको अंक ३४ (११० औं स्थान) रहेको थियो । सूचकाङ्कमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको    छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ । गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ ।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अङ्क (२६ औं), भारतले ३९ (९३ औं) माल्दिभ्सले ३९ अङ्क (९३ औं), नेपालले ३५ अङ्क (१०८ औं), श्रीलङ्काले ३४ अङ्क (११५ औं), पाकिस्तानले २९ अङ्क (१३३ औं), बङ्गलादेशले २४ अङ्क (१४९ औं) र अफगानिस्तानले २० अङ्क (१६२ औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अङ्क (७६ औं) प्राप्त गरेको छ ।

सीपीआईमा नेपालः २०१२ देखि २०२३ सम्म
वर्ष (सन्)२०२३२०२२२०२१२०२०२०१९२०१८२०१७२०१६२०१५२०१४२०१३२०१२
स्कोर/कूल अङ्क३५/१००३४/१००३३/१००३३/१००३४/१००३१/१००३१/१००२९/१००२७/१००२९/१००३१/१००२७/१००
स्थान/कुल देश१०८/१८०११०/१८०११७/१८०११७/१८०११३/१८०१२४/१८०१२२/१८०१३१/१७६१३०/१६८१२६/१७५११६/१७७१३९/१७६

सीपीआई २०२३ मा नेपालको स्कोर बर्टेल्सम्यान फाउन्डेशन, ग्लोबल इनसाइट, भी–डीईएम, विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम र वल्र्ड जस्टिस प्रोजेक्ट र सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानी तयार गरिएको उल्लेख गरिएको छ ।

  • बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ ।
  • ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ ।
  • भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयमा सर्वेक्षण गरेको छ ।
  • विश्व बैङ्कले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम–कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ ।
  • वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्भेक्षण गरेको छ ।
  • वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ ।

             (उल्लेखित सर्वेक्षणबारे विस्तृत जानकारी www.transparency.org/cpi मा उपलब्ध रहेको छ ।)

सीपीआई २०२३ मा नेपालको स्कोरका लागि प्रयोग भएका तथ्याङ्क र सम्बद्ध संस्था

सीपीआई

बर्टेल्सम्यान फाउन्डेसन

ग्लोबल इनसाइट

भी–डीईएम

विश्व बैङ्क

वल्र्ड इकोनोमिक फोरम

वल्र्ड जस्टिस प्रोजेक्ट

सीपीआई स्कोर

२०२३

३३

३५

३५

३५

३८

३१

३५

२०२२

३३

३५

३०

३५

३८

३०

३४

२०२१

३३

३५

३०

३५

३४

३२

३३

२०२०

२९

३५

२९

३५

४०

३२

३३

२०१९

२९

३५

२९

३५

४०

३५

३४

२०१८

२५

३५

२५

३५

३३

३२

३१

२०१७

२५

३५

२५

३५

३४

३२

३१

२०१६

२४

३४

२१

३५

२६

३१

२९

२०१५

२३

२२

–

३५

३३

२४

२७

२०१४

२८

२२

–

३५

३१

३१

२९

२०१३

२८

३२

–

३५

२८

३२

३१

२०१२

२३

२२

–

३५

२७

३१

२७

 यसै परिपेक्षमा सीपीआई २०२३ सूचकाङ्कमा रहेको नेपालको विषम स्थितिलाई मध्यनजर गर्दै भ्रष्टाचार विरुद्धको जनचाहना सम्बोधन गर्न सरकार यथाशिघ्र अति गम्भीर हुन जरुरी छ । यसका लागि संसदमा विचाराधीन रहेका भ्रष्टाचार विरोधी ऐन कानुनलाई फितलो बनाउने प्रयास रोक्न, राजनीतिक व्यक्तिउपर भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान तथा कारबाही गर्न, सार्वजनिक पदाधिकारीहरूको सम्पत्तिको जाँच गरिने सरकारको प्रतिवद्धता कार्यान्वयन गर्न र राजनीतिक पदाधिकारीहरूद्वारा मन्त्रीपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार माग गर्दछ ।

Corruption Perceptions Index 2023 सम्बन्धमा Transparency International बाट आज जारी प्रेश विज्ञप्ति र थप जानकारी www.transparency.org/cpi मा र टीआई नेपालको प्रेस विज्ञप्ति www.tinepal.org मा उपलब्ध छ ।

पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

Attachment:

  1. CPI 2023 Asia Pacific Regional TI Press Release
  2. CPI 2023 Table
  3. CPI 2023 TI Press Release
  4. CPI 2023 TIN Press Release
  5. CPI2023 – Report – Embargoed until 07.01am CET (Berlin) 30 January 2024
Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

Press Release
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्ने ऐतिहासिक जेन जी आन्दोलनको सिलसिलामा दिवंगत हुनुभएका देशभक्त नवयुवाहरूमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल...

Read moreDetails
Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2025, Transparency International Nepal. All rights reserved.