बिहिवार, फेब्रुअरी 26, 2026
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेश विज्ञप्ति – कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस्

अप्रिल 21, 2020

प्रेश विज्ञप्ति

(जानकारी तथा प्रचार प्रसार का लागि)

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा जारी अपील

कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस्

अहिले सारा विश्व कोभिड–१९ संक्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीबाट २४ लाखभन्दा बढी संक्रमित भई १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यसको रोकथामको लागि धेरै मानिसहरु आइसोलेशन, क्वारेन्टाइन वा उपचारको क्रममा छन् । सामाजिक दूरी बढाउन संसारभरि नै विभिन्न देशहरुले लकडाउन गरी आवात–जावत, उडान र सीमामा बन्देज लगाएको अवस्था रहेको छ।

विपद्को यस विषम परिस्थितिमा नेपालमा संक्रमणको सम्भावना कम गर्न सरकारद्वारा करिब ५ हप्ताको राष्ट्रव्यापी लकडाउन चरणवद्धरुपमा वैशाख १५ गतेसम्म लागू गरिएको छ । आवश्यक सावधानी अपनाउने, घरमै बस्ने, विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र शंका लागेकालाई परीक्षण गर्नेजस्ता काम केन्द्र, प्रदेश र स्थानीय सरकारबाट सुरु गरिएको छ । लकडाउनको समयमा संक्रमण कम गर्न सबैले सरकारलाई सहयोग गर्ने क्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय जनप्रतीनिधि, सञ्चारकर्मी, समाजसेवी र सहयोगी सक्रिय रहेका छन् ।

कोभिड–१९ सम्बन्धी तिनै तहका सरकारबाट भइरहेका र अब हुने विपद् ब्यवस्थापनका कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस् भन्ने हेतुले भ्रष्टाचार विरुद्ध सक्रिय ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि यो १० बुँदे अपील जारी गरिएको छ :

१.    कोभिड–१९ सँग सम्वन्धित प्रयास र कार्ययोजना थप प्रभावकारी बनाउन सामूहिक र क्षेत्रगत प्रयास जरुरी छ । विषयगत विषेशज्ञहरु सम्मिलित समितिहरुबाट यस विपद् व्यवस्थापनका चरणवद्ध कार्ययोजना निर्माण गरी लागू गरिनु आवश्यक छ ।

२.   कोभिड–१९ संक्रमण रोक्ने केन्द्र, प्रदेश र स्थानीय सरकारका राष्ट्रिय, प्रादेशिक र स्थानीय कार्ययोजनामा भ्रष्टाचार र अनियमितता हुनबाट रोक्ने र भएको खण्डमा कडा कारबाही गर्न जरुरी छ ।

३.   कोभिड–१९ रोकथाम गर्ने केन्द्र, प्रदेश र स्थानीय सरकार र तीनका निकायहरुको समन्वयात्मक कार्यमा जवाफदेहिता बढाउन जरुरी छ ।

४.   कोभिड–१९ संक्रमण रोक्न तिनै तहको सरकारबाट विनियोजित बजेट र संकलित रकमका साथै तिनको प्रयोग एवं खर्चको विवरण सर्वसाधारणका लागि पारदर्शी बनाइनु पर्दछ ।

५.   कोभिड–१९ रोकथामसम्बन्धी उपकरण, सामाग्री तथा औषधि सार्वजनिक खरिद प्रक्रिया र ऐन–कानूनबमोजिम तोकिएका, जिम्मेवार तथा विशिष्टकृत निकायबाट किफायतीरुपमा गरिनुपर्दछ ।

६.   सरकार र संघ–संस्थाहरुभित्रैबाट कोभिड–१९ सम्बन्धी कार्यलाई पारदर्शी बनाउने वा अनियमितताबारे जानकारी दिने कर्मचारी वा अन्यलाई कारबाही नहुने व्यवस्था सुनिश्चित गरिनुपर्दछ ।

७.   कोभिड–१९ सम्बन्धी काम–कारबाहीबारे सूचना माग्न पाउने नागरिकको हक सरकारद्वारा सम्मान गरिनुपर्दछ ।

८.   कोभिड–१९ नियन्त्रण सहयोगी औषधि, मास्क, स्यानिटाइजर, साबुन, चस्मा, प्रोटेक्टिभ लुगा, भेन्टिलेटर आदि सरकारबाट तोकिएका स्वास्थ्य संस्थामा यथाशिघ्र उपलब्ध गराइनु पर्दछ ।

९.   सरकारीस्तरबाट हुने कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी सबै प्रकारका विपद् ब्यवस्थापनका प्रयासमा मानवअधिकार र जनचाहनालाई केन्द्रविन्दु बनाइनु पर्दछ ।

१०.  कोभिड–१९ सम्बन्धी सरकारी प्रयास र कार्यमाथि संसद्द्वारा सक्रियरुपमा निर्देशन, अनुगमन र सुपरिवेक्षण गरिनुपर्दछ ।

मुकुन्द बहादुर प्रधान, महासचिव
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल

Download PDF

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान नेपालको संविधानअनुसार प्रतिनिधि सभाको निर्वाचन आउँदो २०८२...

Read moreDetails
Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2025, Transparency International Nepal. All rights reserved.