सोमवार, अक्टोबर 20, 2025
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेश विज्ञप्ति – कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस्

अप्रिल 21, 2020

प्रेश विज्ञप्ति

(जानकारी तथा प्रचार प्रसार का लागि)

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा जारी अपील

कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस्

अहिले सारा विश्व कोभिड–१९ संक्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीबाट २४ लाखभन्दा बढी संक्रमित भई १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यसको रोकथामको लागि धेरै मानिसहरु आइसोलेशन, क्वारेन्टाइन वा उपचारको क्रममा छन् । सामाजिक दूरी बढाउन संसारभरि नै विभिन्न देशहरुले लकडाउन गरी आवात–जावत, उडान र सीमामा बन्देज लगाएको अवस्था रहेको छ।

विपद्को यस विषम परिस्थितिमा नेपालमा संक्रमणको सम्भावना कम गर्न सरकारद्वारा करिब ५ हप्ताको राष्ट्रव्यापी लकडाउन चरणवद्धरुपमा वैशाख १५ गतेसम्म लागू गरिएको छ । आवश्यक सावधानी अपनाउने, घरमै बस्ने, विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र शंका लागेकालाई परीक्षण गर्नेजस्ता काम केन्द्र, प्रदेश र स्थानीय सरकारबाट सुरु गरिएको छ । लकडाउनको समयमा संक्रमण कम गर्न सबैले सरकारलाई सहयोग गर्ने क्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय जनप्रतीनिधि, सञ्चारकर्मी, समाजसेवी र सहयोगी सक्रिय रहेका छन् ।

कोभिड–१९ सम्बन्धी तिनै तहका सरकारबाट भइरहेका र अब हुने विपद् ब्यवस्थापनका कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस् भन्ने हेतुले भ्रष्टाचार विरुद्ध सक्रिय ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि यो १० बुँदे अपील जारी गरिएको छ :

१.    कोभिड–१९ सँग सम्वन्धित प्रयास र कार्ययोजना थप प्रभावकारी बनाउन सामूहिक र क्षेत्रगत प्रयास जरुरी छ । विषयगत विषेशज्ञहरु सम्मिलित समितिहरुबाट यस विपद् व्यवस्थापनका चरणवद्ध कार्ययोजना निर्माण गरी लागू गरिनु आवश्यक छ ।

२.   कोभिड–१९ संक्रमण रोक्ने केन्द्र, प्रदेश र स्थानीय सरकारका राष्ट्रिय, प्रादेशिक र स्थानीय कार्ययोजनामा भ्रष्टाचार र अनियमितता हुनबाट रोक्ने र भएको खण्डमा कडा कारबाही गर्न जरुरी छ ।

३.   कोभिड–१९ रोकथाम गर्ने केन्द्र, प्रदेश र स्थानीय सरकार र तीनका निकायहरुको समन्वयात्मक कार्यमा जवाफदेहिता बढाउन जरुरी छ ।

४.   कोभिड–१९ संक्रमण रोक्न तिनै तहको सरकारबाट विनियोजित बजेट र संकलित रकमका साथै तिनको प्रयोग एवं खर्चको विवरण सर्वसाधारणका लागि पारदर्शी बनाइनु पर्दछ ।

५.   कोभिड–१९ रोकथामसम्बन्धी उपकरण, सामाग्री तथा औषधि सार्वजनिक खरिद प्रक्रिया र ऐन–कानूनबमोजिम तोकिएका, जिम्मेवार तथा विशिष्टकृत निकायबाट किफायतीरुपमा गरिनुपर्दछ ।

६.   सरकार र संघ–संस्थाहरुभित्रैबाट कोभिड–१९ सम्बन्धी कार्यलाई पारदर्शी बनाउने वा अनियमितताबारे जानकारी दिने कर्मचारी वा अन्यलाई कारबाही नहुने व्यवस्था सुनिश्चित गरिनुपर्दछ ।

७.   कोभिड–१९ सम्बन्धी काम–कारबाहीबारे सूचना माग्न पाउने नागरिकको हक सरकारद्वारा सम्मान गरिनुपर्दछ ।

८.   कोभिड–१९ नियन्त्रण सहयोगी औषधि, मास्क, स्यानिटाइजर, साबुन, चस्मा, प्रोटेक्टिभ लुगा, भेन्टिलेटर आदि सरकारबाट तोकिएका स्वास्थ्य संस्थामा यथाशिघ्र उपलब्ध गराइनु पर्दछ ।

९.   सरकारीस्तरबाट हुने कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी सबै प्रकारका विपद् ब्यवस्थापनका प्रयासमा मानवअधिकार र जनचाहनालाई केन्द्रविन्दु बनाइनु पर्दछ ।

१०.  कोभिड–१९ सम्बन्धी सरकारी प्रयास र कार्यमाथि संसद्द्वारा सक्रियरुपमा निर्देशन, अनुगमन र सुपरिवेक्षण गरिनुपर्दछ ।

मुकुन्द बहादुर प्रधान, महासचिव
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल

Download PDF

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

Press Release
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्ने ऐतिहासिक जेन जी आन्दोलनको सिलसिलामा दिवंगत हुनुभएका देशभक्त नवयुवाहरूमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल...

Read moreDetails
Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2025, Transparency International Nepal. All rights reserved.