बिहिवार, जनवरी 1, 2026

टी आई नेपाल को बारेमा

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)  नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो। यो भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था हो। जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यसले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

भ्रष्टाचार नेपालको विकासका सबै पक्षहरूलाई बाधा पुर्याउने एउटा क्रसकटिङ मुद्दा हो भन्ने वास्तविकतालाई ध्यानमा राख्दै, टीआई नेपालले भ्रष्टाचारलाई सम्बोधन गर्न बहुआयामिक दृष्टिकोण अपनाएको छ। यसको रणनीतिक योजना २०७९-२०८३ बहु-आयामी दृष्टिकोण प्रयोग गरी भ्रष्टाचार नियन्त्रण गर्न निर्माण गरिएको समग्र योजना हो। वकालत, हस्तक्षेप, संवैधानिक र सरकारी भ्रष्टाचार विरोधी एजेन्सीहरूसँग सहकार्य, आन्तरिक सुशासन र व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै आचार संहिता मार्फत मूल्यहरू प्रवर्द्धन गर्दै टीआई नेपालले भ्रष्टाचार विरुद्धको लडाईमा उत्प्रेरकको रूपमा योगदान गर्दछ।

टीआई नेपालसँग हाल नेपालको १३ जिल्लामा १३ आवद्ध संस्था को सञ्जाल छ, जसले   पहुँच बढाउन काम गर्दछ। समान विचारधारा भएका संस्थाहरू, सञ्चारमाध्यमहरू र राज्यका धेरै निकायहरूसँग यसको बलियो सम्बन्ध छ। दशकैाँको निरन्तर सक्रियता मार्फत टीआई नेपाल नेपालमा एक अग्रणी भ्रष्टाचार विरोधी स‌ंस्थाका रूपमा स्थापित भएको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
जिल्ला प्रशासन कार्यालय दर्ता नं ८७।०५३।०५४
समाज कल्याण परिषद आवद्धता नं १४०११
स्थाइ लेखा नं ३०१३३१०१६

दूरदृष्टि, मिशन र मूल मान्यताहरू

टीआई नेपालले भ्रष्टाचारमुक्त सरकार, राजनीति, व्यवसाय, नागरिक समाज र जनता भएको नेपालको परिकल्पना गर्दछ।

टीआई नेपालले भ्रष्टाचारलाई व्यक्तिगत वा निजी फाइदाको लागि जिम्मेबार पदमा रहेका ब्यक्तिबाट आफ्नो पद, शक्ति वा जिम्मेबारीको दुरुपयोगका रुपमा परिभाषित गर्दछ।

टीआई नेपालको मिशन भनेको सुशासनमा पारदर्शिता, अखण्डता र जवाफदेहिताको वकालत गरी जनताको परिचालन र सशक्तिकरणको माध्यमबाट नेपालमा भ्रष्टाचार विरुद्धको आन्दोलनलाई पहल गर्ने, पछ्याउने र प्रवर्द्धन गर्ने हो।

मूल मान्यताहरू:

  • पारदर्शिता
  • जवाफदेहिता
  • निष्ठा
  • न्याय
  • साहस
  • एकता
  • लोकतन्त्र
  • प्रतिष्ठा र स्वाभिमान

टीआई नेपालले भ्रष्टाचारमुक्त नेपालमा विश्वास राख्दछ किनभने भ्रष्टाचारले:

  • मानिसहरूलाई गरिबी र दुःखमा फसाउँछ;
  • सामाजिक र आर्थिक विकास रोक्छ;
  • लोकतन्त्र र विधिको शासनमा बाधा पुर्याउँछ;
  • सामाजिक, आर्थिक र राजनीतिक संकट पैदा गर्छ;
  • मानव अधिकारको सम्मान गर्दैन;
  • स्वतन्त्र प्रेसलाई अस्वीकार गर्दछ;
  • सरकारमा जवाफदेहिता घटाउँछ;
  • संरक्षण, र पैसाको आधारमा राजनीतिक गतिविधि प्रमाणित गर्दछ;
  • सार्वजनिक स्रोतको बर्बादि गर्दछ;
  • राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र वाणिज्यलाई विकृत पार्छ; र
  • निजी क्षेत्रको सुशासन र नैतिकतालाई खतरामा पार्छ;

कोषको स्रोत

  • सदस्यहरूबाट शुल्क वा अनुदान
  • सरकारी वा गैरसरकारी संस्था वा अन्य दाताहरूबाट नि:शर्त प्राप्त अनुदान
  • आफूले प्रदान गरेका सेवाहरूको बदलामा प्राप्त आय वा पुरस्कार
  • आफ्ना संचित कोषबाट आर्जित आय
  • टीआई र दाताहरूबाट परियोजनाकालागि प्राप्त सहयोग