बिहिवार, जनवरी 1, 2026
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेश विज्ञप्ती – स्वतन्त्र निष्पक्ष र निर्भिक आयुक्तहरुको सिफारिस होस

सेप्टेम्बर 27, 2020

प्रेश विज्ञप्ती

(ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्धारा संवैधानिक परिषदलाई २०७७ असोज ११ गते प्रेशित पत्र)

स्वतन्त्र निष्पक्ष र निर्भिक आयुक्तहरुको सिफारिस होस ।

ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपाल भ्रष्टाचार नियन्त्रण तथा सुशासन पक्षमा निरन्तर लागिरहने संस्था हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको पद हालसालै रिक्त हुन आएको र अन्य आयुक्तहरुको पद पनि विगत लामै समय देखि रिक्त भई आएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नमा उक्त आयोगको  महत्वपूर्ण संवैधानिक दायित्व रहेको छ । तर आयोगले केहि अपवाद छाडेर राजनैतिक नेतृत्वहरु संलग्न भएको ठूला भ्रष्टाचार (Grand Corruption) का मुद्दाहरु शक्ति केन्द्रहरु र सत्ता पक्षको दवाब र प्रभावमा परी अल्मलाएर राख्ने र अन्ततः तामेलीमा राख्ने गरेको छ । आयोगको यस्तो निरिह कार्यशैलीले आयोगको औचित्य माथि नै गम्भीर प्रश्नहरु उठ्न थालेका छन् । यस्तो हुनुका पछाडि नियुक्तीका लागि गरिने सिफारिसमा गम्भीर त्रुटी मात्र होइन राष्ट्रिय स्वार्थलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेको देखिन्छ । तसर्थ संवैधानिक परिषदले प्रमुख आयुक्त तथा आयुक्तहरुको सिफारिस गर्दा देहायका तथ्यहरुमा ध्यान पु¥यावस् भनी हार्दिक अनुरोध गर्दछौं ।

१. दलीय भागवण्डा तथा परिषदकै सदस्यहरुको बीचमा हुने भागवण्डाका आधारमा सिफारिस गर्ने गरिएको गलत र सर्वाधिक आलोचित परिपाटीको अन्त्य गरी संविधानको मर्म र भावना अनुरुप स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्तिहरुको सिफारिस गरियोस् ।

२. कुनै पनि राजनैतिक दलको सदस्य नरहेको भन्ने प्रावधानलाई कुनै पनि दलप्रति विशेष आग्रह पूर्वाग्रहबाट मुक्त र स्वतन्त्र छवि बनाएको व्यक्ति भन्ने अर्थमा लिई सिफारिस गरियोस् ।
३. प्रमुख आयुक्त तथा आयुक्तहरुमा अधिकांशतः पूर्व प्रशासकहरु मध्यबाट छनौट हुदै आएका छन् । उनीहरुमा सामान्यतः राजनैतिक नेताहरुसंगको सामिप्यताले गर्दा नेताहरु प्रति बढि अनुगृहित रहने र साहसपूर्वक न्यायिक मनको प्रयोग गर्न नसक्ने कमजोरी देखिएका छन् । अतः कानून, न्याय तथा विश्वविद्यालय एवं स्वतन्त्र निकायका अनुसन्धानकर्ताहरुलाई समेत ध्यान दिई सिफारिस गरियोस् ।

४. उच्च नैतिक चरित्र एवं ख्याति प्राप्त सम्बन्धी योग्यताका बारेमा वस्तुगत मापदण्ड एवं आधार तयार गरी कार्यान्वयन गरियोस् ।

५. संवैधानिक परिषद ऐन बमोजीम योग्य व्यक्तिहरुको अभिलेख तयार पार्दा विभिन्न प्रकृया र माध्यम अपनाई देशका प्रतिष्ठित एवं प्रवुद्ध वर्गको राय सुझावको आधार समेत लिइयोस् । अभिलेख वाहिरका व्यक्तिको नाम खल्तीबाट झिकी पेश गर्ने परिपाटी नियुक्ति सिफारिसमा हुने सबै विकृतिको जड हो, यस्तो परिपाटी बन्द गरिनु पर्दछ र अभिलेख पारदर्शी बनाइनु पर्दछ ।

६. सिफारिस हुने व्यक्तिप्रतिको जनभावना बुझ्न आवश्यकता अनुसार सार्वजनिक सुनुवाई समेत गर्ने परिपाटी बसाईयोस् ।

अन्त्यमा राज्यका शीर्षस्थ पदाधिकारीहरुको संलग्नताले बनेको संवैधानिक परिषदको संरचना आफैमा गर्व गर्न लायक संस्था हो र हुनुपर्दछ । मुलुकको व्यापक र समग्र हितमा यसका जिम्मेवारीपूर्ण निर्णयहरु आउनु पर्दछ । संवैधानिक निकायहरुको स्वतन्त्र, निष्पक्ष र सबल उपस्थितिले मात्र संवैधानिक दायित्वको प्रभावकारी निर्वाह हुन सक्दछ ।

खेमराज रेग्मी
अध्यक्ष

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

Press Release
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्ने ऐतिहासिक जेन जी आन्दोलनको सिलसिलामा दिवंगत हुनुभएका देशभक्त नवयुवाहरूमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल...

Read moreDetails
Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release

हार्दिक श्रद्धाञ्जली

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2025, Transparency International Nepal. All rights reserved.