शनिबार, अक्टोबर 3, 2026
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेस वक्तव्य – सुशासन अभिवृद्धिका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आह्वान

अक्टोबर 2, 2026

प्रेस वक्तव्य

सुशासन अभिवृद्धिका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आह्वान

काठमाडौँ, २०८३ असोज १६: नेपाल सरकारले करिब ६ महिनाअघि सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी एक सय बुदे कार्यसूचीले सुशासन, सार्वजनिक सेवाप्रवाहमा सुधार, प्रशासनिक जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण तथा राज्यप्रति जनविश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै समयबद्ध सुधारका विभिन्न प्रतिबद्धताहरू अघि सारेको थियो। उक्त कार्यसूचीको प्रभावकारी कार्यान्वयनबाट देशमा कानुनी शासनको सबलता, राष्ट्रहितअनुरूपको नीतिगत सुधार, प्रशासनिक चुस्तता र भ्रष्टाचारीप्रति कडा कारबाही हुने जनअपेक्षा उजागर भएको थियो।

यस अवधिमा भ्रष्टाचार नियन्त्रण कार्ययोजना तथा राष्ट्रिय सदाचार नीति जारी हुनुका साथै केही क्षेत्रमा सार्वजनिक सेवा प्रवाह थप चुस्त बनाउन भएका प्रयासहरूलाई सुशासनतर्फका सकारात्मक कदमका रूपमा लिन सकिन्छ । कतिपय प्रतिबद्धताहरूमा प्रगति हुन सुरु भएको र यी सुधारका प्रयासहरूले भ्रष्टाचारका अवसरहरू न्यूनीकरण गर्ने आधार निर्माण गर्न सरकार प्रयत्नशील रहेको देखिएको छ । यद्यपि, सुधारका नतिजाहरू अपेक्षित रूपमा जनताले महसुस हुन भने ढिलाइ भइरहेको देखिन्छ ।

सार्वजनिक प्रशासनलाई राजनीतिकीकरणबाट मुक्त गराउने तथा नियुक्ति एवम् बढुवामा योग्यता र दक्षतालाई प्राथमिकता दिने जस्ता प्रतिबद्धताहरूको पालनामा गुनासो समेत आएको देखिन्छ । सरकारसँग सम्बद्ध केही व्यक्तिहरूको जवाफदेहिता र स्वार्थको द्वन्द्व सम्बन्धी समाचारहरू सार्वजनिक हुनु तथा कारबाहीका नाममा गरिएका कतिपय कार्यहरू प्रक्रिया र पारदर्शिताका दृष्टिकोणबाट कमजोर देखिनुले सुशासनका प्रतिबद्धतामाथि प्रश्न उठेका छन् ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासनको प्रत्याभूतिका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रजस्ता निरोधात्मक एवम् प्रवर्द्धनात्मक निकायहरूको संस्थागत सुदृढीकरण, स्वायत्तता र क्षमता अभिवृद्धि हुनु अपरिहार्य छ । यसका साथै, संसद्‌‌बाट सुशासन सम्बन्धी आवश्यक कानुन निर्माण एवम् संसदीय निगरानीलाई तीव्रता दिनुपर्ने र न्यायपालिकाले भ्रष्टाचारजन्य मुद्दाको निरूपण तथा न्याय सम्पादनलाई निष्पक्ष, द्रुत र प्रभावकारी बनाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

अतः भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिको अभियानमा सरकारले प्राप्त जनादेश एवम् व्यक्त गरेका प्रतिबद्धताहरूको विगत ६ महिनाका कार्यहरूको तथ्यपरक एवम् नतिजामुखी समीक्षा गर्न, भएका/गरिएका प्रगति सार्वजनिक गर्न तथा कार्यान्वयनका लागि पूर्ण रूपमा सक्रिय र उत्तरदायी रहन ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल सरकार लगायत सम्बद्ध सबै पक्षसँग जोडदार माग गर्दछ ।

सरोज प्रसाद पाण्डे
उपाध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल

डाउनलोड PDF

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस वक्तव्य

Press Release

प्रेस विज्ञप्ति: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित

Press Release

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

Press Release

प्रेस विज्ञप्ति : नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

Press Release
प्रेस विज्ञप्ति

प्रेस वक्तव्य – सुशासन अभिवृद्धिका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आह्वान

प्रेस वक्तव्य सुशासन अभिवृद्धिका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आह्वान काठमाडौँ, २०८३ असोज १६: नेपाल सरकारले करिब ६ महिनाअघि सार्वजनिक गरेको...

Read moreDetails
Press Release

प्रेस वक्तव्य

Press Release

प्रेस विज्ञप्ति: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित

Press Release

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

Press Release

प्रेस विज्ञप्ति : नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2026, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2026, Transparency International Nepal. All rights reserved.