प्रेस वक्तव्य
मिति २०८३/०५/१० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको विनाशकारी बाढी– पहिरोबाट भएको भारी जनधनको क्षतिप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल गहिरो दुःख व्यक्त गर्दछ । यस विपदमा परी ज्यान गुमाउनुहुने आम नेपाली तथा विदेशी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना दिदै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । यस विपदबाट सिर्जित क्षतिको गम्भरीरतालाई ध्यानमा राखी खोजी, उद्धार तथा राहत कार्यलाई थप तीव्र र समन्वयात्मक बनाउन नेपाल सरकारसँग आग्रह गर्दछौं ।
साथै, प्रभावित नागरिकहरुको दीर्घकालीन पुनस्र्थापना, जीविकोपार्जन र पुनर्निर्माणका लागि नेपाल सरकारका साथै आम नागरिक, निजी क्षेत्र, नागरिक समाज र अन्तराष्ट्रिय साझेदारहरुबाट निरन्तर सहयोग अपेक्षा गर्दै यस कठिन घडीमा सम्पूर्ण राहत तथा पुनर्निर्माणका कार्यहरु मानवीय संवेदना, सुशासन, पारदर्शिता र जवाफदेहिताका साथ अगाडि बढाउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सम्बन्धित सबै पक्षसँग हार्दिक आव्हान गर्दछ ।
मदन कृष्ण शर्मा
अध्यक्ष
२०८३ भदौ १२ गते, काठमाडौं

