सोमबार, नोभेम्बर 2, 2026
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेस वक्तव्य : विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन गरियोस्

नोभेम्बर 2, 2026

प्रेस वक्तव्य

विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन गरियोस्

न्यायपालिकाको निष्पक्षतामा राजनीति, सरकार र बिचौलियाहरूको प्रभाव रहने गरेको भनी विगत लामो समयदेखि विभिन्न कोणबाट गम्भीर प्रश्नहरू उठ्ने गरेकोमा हाल केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत केही न्यायाधीशहरूको साँठगाँठ बिचौलियाहरूसँग रहेको भन्ने समाचारहरू प्रकाशित गरेको र सम्बन्धित न्यायाधीशहरूबाट सोको बारेमा व्यक्त स्पष्टीकरणप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) को गम्भीर ध्यानाकर्षण भएको छ ।

न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित कुनै पनि पक्ष वा बिचौलिया वा अन्य प्रभावशाली व्यक्तिहरूसँग भेट्नु वा सम्पर्कमा आउनु संवैधानिक, कानुनी तथा व्यावसायिक रूपमा न्यायाधीशहरूले पालना गर्नुपर्ने नैतिकता र आचारसंहिताको गम्भीर उल्लङ्घन हो भन्ने धारणा यस संस्थाको रहेको छ । उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रहेको तथ्य जगजाहेर रहेको सन्दर्भमा आक्षेप लागेका व्यक्तिहरुले दिएका सार्वजनिक स्पष्टीकरणहरूले मात्र उठेका प्रश्नहरूको समाधान दिन सक्ने अवस्था देखिँदैन ।

तसर्थ, न्याय सम्पादन गर्ने जिम्मेवार व्यक्ति अर्थात् न्यायमूर्तिबाट कानुनमा उल्लिखित भन्दा अझ उच्चतम सदाचारको कसीमा खरो उत्रेर देश र जनताको हितमा कार्य गर्नुपर्ने भएकोले समाचारहरुमा इङ्गित गरिएका तथा आफैँले स्पष्टीकरण दिएका न्यायाधीशहरूले उच्चतम सदाचार प्रदर्शन गरी उठेका प्रश्नहरूको समाधान नभएसम्म न्याय सम्पादन कार्यमा संलग्न नहुन उचित देखिन्छ ।

प्रजातान्त्रिक प्रणालीमा कार्यकारी र न्यायालयको स्वतन्त्रता र कार्य प्रभावकारिता हेर्ने र आवश्यक निर्णय गर्ने निकाय संसद् भएकोले यस विषयको गाम्भीर्यता र सार्वजनिक महत्त्वलाई दृष्टिगत गर्दै ढिला नगरी संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी आवश्यक निर्णय गर्न आह्वान गर्दछौँ । साथै सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिको छानबिन पनि अनुसन्धानको दायरामा ल्याउन माग गर्दछौँ ।

सरोज प्रसाद पाण्डे
उपाध्यक्ष

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल)
२०८३ कात्तिक १६

PDF Download

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस वक्तव्य – सुशासन अभिवृद्धिका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आह्वान

Press Release

प्रेस वक्तव्य

Press Release

प्रेस विज्ञप्ति: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित

Press Release

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

Press Release
प्रेस विज्ञप्ति

प्रेस वक्तव्य : विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन गरियोस्

प्रेस वक्तव्य विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन गरियोस् न्यायपालिकाको निष्पक्षतामा राजनीति, सरकार र बिचौलियाहरूको प्रभाव रहने गरेको भनी विगत लामो...

Read moreDetails
Press Release

प्रेस वक्तव्य – सुशासन अभिवृद्धिका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आह्वान

Press Release

प्रेस वक्तव्य

Press Release

प्रेस विज्ञप्ति: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित

Press Release

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2026, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2026, Transparency International Nepal. All rights reserved.