Thursday, February 5, 2026
  • नेपाली
Transparency International Nepal
No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Multi pronged work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2021-2025
      • Reports Archive 1996-2020
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Multi pronged work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2021-2025
      • Reports Archive 1996-2020
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
Transparency International Nepal
en English np नेपाली
Home News and Events (EN) Press Release

प्रेस विज्ञप्ति – प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

February 4, 2026

प्रेस विज्ञप्ति

प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

नेपालको संविधानअनुसार प्रतिनिधि सभाको निर्वाचन आउँदो २०८२ साल फागुन २१ गते हुने भएको सर्वविदितै छ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो । भ्रष्टाचारको विरुद्धमा युवा पुस्ताले गरेको आन्दोलन पश्चात हुन गइरहेको यो निर्वाचनको ठूलो महत्व रहेको छ । राज्य संचालनमा हुने विसंगति र विकृति नियन्त्रण गर्न सकिएन भने आम नागरिकको समृद्ध नेपाल बनाउने सपना पनि साकार हुन सक्दैन । यसका लागि जनप्रतिनिधी नै योग्य, सक्षम र सदाचारी हुनु आवश्यक छ । तसर्थ, यस पटकको प्रतिनिधि सभाको निर्वाचन सबै नेपालीका लागि अत्यन्त महत्वपूर्ण हुन गएको छ । यो निर्वाचनलाई सार्थक र स्वच्छ बनाई सम्पन्न गर्न/गराउन सम्बन्धित सबै पक्षहरूलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल यो आह्वान गर्दछ ।

१. सरकारलाई आह्वान
निर्वाचन पूर्व, निर्वाचन (मतदान) एवम् मतगणनाको चरणमा र निर्वाचन परिणामा पछि पनि मुलुकभर शान्ति र व्यवस्था कायम गर्न, आम–नागरिकसँग सम्बन्धित जनस्वास्थ्य सेवा र आपूर्ति व्यवस्था कायम गर्न, सबै राजनीतिक दल, उम्मेदवारहरूका साथै मतदातासमेतलाई पुर्वाग्रह रहित व्यवहारका साथ भय र त्रासमुक्त वातावरणमा स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण कायम राख्न संघिय तथा प्रदेश सरकारहरूलाई आह्वान गर्दछ ।

२. निर्वाचन आयोगलाई आह्वान
लोकतन्त्रको आधारभूत स्तम्भहरूमध्येको एक निर्वाचन आयोग हो र निर्वाचनको समयमा यसको भूमिका सर्वाधिक रहन्छ । स्वच्छ, निस्पक्ष र व्यवस्थितरुपमा निर्वाचन हुन सकेन भने लोकतन्त्रको मर्म नै समाप्त हुन्छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई, स्वच्छ, निष्पक्ष र विश्वस्नियरुपमा संचालन र सम्पन्न गराउने प्रमुख जिम्मेवारी निर्वाचन आयोगको हो । अनियन्त्रित निर्वाचन खर्च, तडक भडक, एआई तथा सूचना प्रविधिको माध्यमबाट सामाजिक संजालहरुको अवान्छित प्रयोग लगायत जारी गरिएका निर्वाचन आचार संहिताको उल्लघन हुन नदिन र भएमा कानुन वमोजिम सख्त कार्वाही गर्ने विषयमा आयोग सकृय रहनु पर्दछ । तसर्थ, निर्वाचन पूर्व मतदाता शिक्षा र मतदान केन्द्रहरूको उपयुक्त व्यवस्थाका अतिरिक्त सहजरुपमा आम–मतदाताको निर्भयतापूर्वक मतदान गर्न पाउने वातावरण बनाउनुका साथै उम्मेदवार, राजनीतिक दल तथा सम्बद्ध पक्षबाट आचारसंहिता पालनाको निगरानी, मतपेटीकाको सुरक्षा, मतगणना र नतिजा घोषणासमेतमा सहज र विश्वसनीय व्यवस्था मिलाउन निर्वाचन आयोगलाई विशेष आह्वान गर्दछ ।

३. राजनीतिक दलहरूलाई आह्वान
संविधानतः राजनीतिक दलहरू देशको शासन व्यवस्था सञ्चालनको मियो नै हुन् । प्रतिनिधि सभाको आगामी निर्वाचनमा राजनीतिक दलहरूको सहभागिता र अन्य क्रियाकलापको महत्वपूर्ण भूमिका रहने हुन्छ । दलहरूको घोषणा–पत्रमा उल्लेख गरीने प्रतिवद्धता, उम्मेदवार छनौट र प्रचार–प्रसारका शैलीबाट आम–मतदाता र नागरिकको अपेक्षाको आधार बन्ने हुँदा मतदातालाई उपयुक्त र योग्य उम्मेदवारलाई आफ्नो मत प्रदान गर्ने अवसर दिन, निर्वाचन आचार–संहिताअनुकूल सभ्य र शिष्ट प्रचार–प्रसारको शैली अवलम्बन गर्न, डिजिटल वा अन्य माध्यमबाट आफ्नो चुनावी फाइदाको लागि झुटा आस्वासन, र झुटा प्रचार नगर्न र नगराउन प्रति सचेत रहन जरुरी छ । निर्वाचनको प्रचार प्रसारमा गरिने अपारदर्शी र अत्यधिक खर्च तथा आर्थिक लेनदेन भ्रष्टाचारको मूलकारण मध्येको एक भएकोले तोकिएको सिमा भित्र रही पारदर्शिरुपमा खर्च गर्न, मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई आह्वान गर्दछ ।

४. उम्मेदवारलाई आह्वान
निर्वाचनमा विभिन्न दलहरूबाट वा व्यक्तिगत रुपमा भाग लिने उम्मेदवारहरूले प्रचार प्रसारमा, मतदान पूर्व, मतदानको समयमा, मतगणनाको समयमा र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण र शिष्टताको प्रस्तुती गर्नुका साथै मतदातामा डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दछ । अनावस्यक वाचा र झुटा आश्वासन दिने, सदाचारको उलंघन गर्ने, प्रतिद्वन्दीबारे कपोकल्पित आरोप लगाउने कार्य उम्मेरद्वारहरुबाट हुँदा समाजमा नकारात्मक सन्देश प्रवाह हुने कार्य रोक्ने कदम चाल्नु जरुरी छ । साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार–संहिताअनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि सबैमा अनुरोध गर्दछ ।

५. मतदाताहरूलाई आह्वान
निर्वाचनको निर्णायक पात्र मतदाताहरू नै हो । आफैले आफ्ना लागि प्रतिनिधि छनौट गर्न यो निर्णायक घडीमा आम–मतदाताले कसैको लोभ–लालच, भ्रम वा भय–त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न सक्नुपर्दछ । लोकतन्त्र प्रदत्त नागरिकको सार्वभौम अधिकार प्रयोग गर्ने यस महत्वपूर्ण घडीमा सबै मतदाताले लोभ–लालच, स्वार्थ नभएका, भ्रष्टाचारमा कुनैपनि प्रकारले नमुछिएका र उच्च नैतिक आचरण भएका देशलाई कुशलरुपमा हांक्न सक्ने सक्षम व्यक्तिलाई मतदान गर्नुको विकल्प छैन । आफ्नै हातले आफू र आफ्ना सन्ततीको भविष्य सुनिश्चित गर्ने यो अवसरमा नचुक्न आम–मतदातामा आह्वान गर्दछ ।

६. चन्दादाताहरूलाई आह्वान
निर्वाचनको क्रममा आफूलाई मन परेका उम्मेदवार वा दललाई चन्दा, सहयोग दिन चाहने उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूले समेत आफूले दिएको सहयोग पारदर्शी गर्न र निर्वाचन आचार–संहिता प्रतिकुल हुनेगरी प्रतक्ष्य वा अप्रत्यक्ष कुनै सहयोग नदिन पनि अनुरोध गर्दछ ।

७. संचारजगतलाई आह्वान
लोकतन्त्रमा सञ्चारजगतको भूमिका अहम् रहन्छ । अझ खुल्ला वातावरणमा फरक–फरक सञ्चार–माध्यमले प्रवाह गर्ने फरक–फरक सूचनाले आम–नागरिकलाई प्रभाव पारेको हुन्छ । प्रतिनिधि सभाको आसन्न निर्वाचनको प्रत्येक चरणमा लोकतन्त्रको पहरेदार एवं ऐनाको रुपमा सञ्चार जगतले निर्वाचन आचार–संहिताको पालना, उम्मेदवारहरुको सदाचार प्रतिको प्रतिवद्धता सम्बन्धि स्पष्टता, मतदाताको भूमिका र सहभागिता बढाउन सहयोग गर्नेमा समाचार सम्प्रेषण गर्न/गराउन आह्वान गरिन्छ ।

पछिल्लो समयको युवाहरुको अगुवाइमा भएको आन्दोलनको प्रमुख मुद्धा सुशासन र विकासमा नै हो । यस विषयलाई ध्यान दिन सकिएन भने समृद्ध नेपाल बनाउने सपना अब पनि साकार हुन सक्दैन । तसर्थ, २०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा भ्रष्टाचारको गन्ध नभएका देश र आमनागरिकले भरोसा गर्न सक्ने योग्य प्रतिनिधि निर्वाचित हुने वातावरण बनाउन सबै सरोकारवालाहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल जोडदार आह्वान गर्दछ ।

मदन कृष्ण शर्मा
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

Download PDF

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

Press Release

Press Release

Press Release: Rising Corruption and Gen Z Movement (Unofficial translation)

Press Release

Press Release (unofficial translation) – Withdraw the proposed amendment to pardon corrupt persons

Press Release

हार्दिक श्रद्धाञ्जली

Press Release
Press Release

प्रेस विज्ञप्ति – प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान नेपालको संविधानअनुसार प्रतिनिधि सभाको निर्वाचन आउँदो २०८२...

Read moreDetails
Press Release

Press Release

Press Release

Press Release: Rising Corruption and Gen Z Movement (Unofficial translation)

Press Release

Press Release (unofficial translation) – Withdraw the proposed amendment to pardon corrupt persons

Press Release

हार्दिक श्रद्धाञ्जली

Transparency International Nepal

Transparency International Nepal (TIN) is a civil society institution dedicated to increasing public accountability and curbing corruption in all walks of life. It is registered at the Kathmandu District Administration Office and is affiliated with the Social Welfare Council.

TIN is one of national chapters of Transparency International, a NGO that leads a global movement against corruption. Transparency International is active in more than 100 countries with its secretariat in Berlin. It builds up support for the national chapters as part of a growing international movement for a transparent and corruption-free society.

Get in touch

Transparency International Nepal
House No.: 57/62
Chhakkubakku Marga, New Baneshwor,
Kathmandu, Nepal.
P.O. Box: 11486.

Tel: 977-1-4575062, 4575262
Fax: 977-1-4575112
Email: trans@tinepal.org
Website: https://www.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Multi pronged work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2021-2025
      • Reports Archive 1996-2020
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal

Copyright © 2025, Transparency International Nepal. All rights reserved.