शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात
जनताको सुशासनको चाहना अनुरुप प्रतिनिधि सभाको करिव दुई–तिहाई बहुमतसहित नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरुको सूची जनादेशको भावना र माग अनुरुप हुनुका साथै धेरै बर्षदेखि उठाईदै आईएका सुशासनका बिषयहरु अधिकांश रुपमा समावेश भएको ठहर गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल प्रशंसा गर्दछ । पहिलो बैठकमानै देशलाई सुशासनतर्फ लान समय सीमा सहितको बृहत कार्यसूची पारित गर्नुले सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा रहेको सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिवद्धता देखाएको छ ।
बृहत कार्यसूचीमा उल्लेखित कार्यहरुको कार्यान्वयनको सुरुवात भईसक्नु सराहनीय छ । तोकिएको समय सीमा भित्र सवै कार्यहरु सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वाश लिएका छौं । सुशासन प्रवद्र्धनको कार्यमा आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल प्रतिवद्ध छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूसहित नवनियुक्त मन्त्रीज्यूहरुलाई बधाई एवम् सफल कार्यकालको शुभकामना ।
मदन कृष्ण शर्मा
अध्यक्ष
२०८२ चैत १७


