काठमाडौं, २०८२ माघ २७
सीपीआई २०२५ मा आधारित प्रेस नोट
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा विश्वमा व्याप्त भ्रष्टाचारको अवस्थाको मूल्यांकन गरी Corruption Perceptions Index -CPI_ 2025 -भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५_ आज सार्वजनिक गरिएको छ । सूचकाङ्कले विगतकोदशकमा भ्रष्टाचार नियन्त्रणमा प्रगति न्युन भएको र धेरै देशहरुमा स्थिती झन खस्किएको देखाएको छ । सर्वेक्षण गरिएका१८२ मुलुकहरुको यस वर्षको औसत अंक गत वर्षभन्दा एक अंकले घटेर ४२ कायम भएको छ । एक दशक अघिसुचकाङ्कमा ८० भन्दा बढी अंक प्राप्त गर्ने मुलुकको संख्या १२ रहेकोमा यस वर्ष ५ मा झरेको छ । सन् २०१२ यता ५० भन्दाबढी मूलुकहरुमा भ्रष्टाचार नियन्त्रणको स्थिती विग्रदो अवस्थामा रहेको र तिनीहरुको अंक क्रमशः घट्दो क्रममा रहेकोदेखाएको छ । सुधार गर्ने देशहरुको संख्या ३१ देखिएको छ । समग्रमा, सन् २०२५ मा विश्वका दुई तिहाई देशहरुले १०० मा५० भन्दा कम अंक प्राप्त गरी भ्रष्टाचार नियन्त्रण गर्न नसकेको देखिएको छ । सूचकाङ्कमा १०० अङ्कले भ्रष्टाचार रहित र ०अङ्कले अति भ्रष्ट जनाउँदछ ।
सूचकाङ्कमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा डेनमार्कले विगत ८ वर्षदेखि आफ्नो स्थान कायम राख्दै यस वर्षपनि सर्वाधिक ८९ अंक प्राप्त गरेको छ । साउथ सुडान र सोमालिया ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककोरुपमा रहेका छन् ।
दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७१ अङ्क, भारतले ३९ अङ्क, मालदिभ्सले ३९ अङ्क, श्रीलङ्काले ३५ अङ्क, पाकिस्तानले २८ अङ्क, बङ्गलादेशले २४ अङ्क र अफगानिस्तानले १६ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३अङ्क प्राप्त गरेको छ । भुटान बाहेक अधिकांश दक्षिण एशियाली देशमा भ्रष्टाचार समस्या कै रुपमा रहेको देखिएको छ ।
नेपालको अंक गत वर्ष जस्तै यस वर्ष पनि ३४ नै रहेको छ । ६ वटा अन्तराष्ट्रिय संस्थाहरुद्धारा सन् २०२५को अगष्ट महिनासम्मका सुशासन सम्बन्धी तथ्याङ्कलाई आधार बनाई नेपालको अंक निर्धारण गरिएको छ । लामो समयदेखि नेपालले ३५भन्दा कम अंक पाउँदै आएको सन्दर्भमा सूचकाङ्कमा तल्लो तहमा रहेको यस अंकले नेपालमा पटक पटक सत्तामा रहेकासरकारहरुद्वारा भ्रष्टाचार विरुद्ध ठोस काम गर्न नसकेको देखाएको छ । यहि भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलन रदेशले व्यहोर्नु परेको अपुरणिय धनजनको क्षतिको कारक बढ्दो भ्रष्टाचार हो भन्ने आधारलाई सूचकाङ्कको यस अवस्थालेपुष्टि गर्ने देखिन्छ ।
सन् २०२५ मा सूचकाङ्क न्युन रहेका वा विगत एक दशकदेखि भ्रष्टाचार ग्रसित देशहरुमा जेनजीद्वारा भ्रष्टाचार विरुद्धकोप्रदर्शन भएको देखिएको छ । नेपाल, मादागास्कर, फिलिपिन्स, इन्डोनेशिया जस्ता देशका जेनजी युवाले नेतृत्व वर्गको शक्तिदुरुपयोग तथा सुलभ सार्वजनिक सेवा, रोजगारी र आर्थिक अवसरबाट वन्चित हुनुपरेको महसुस गरी सडकमा उत्रिएर शशक्तविरोध गरेका छन् ।
भ्रष्टाचार एक प्रवृतिको रुपमा बढ्दै जानु चिन्ताजनक छ । स्थापित प्रजातान्त्रिक मूलुकहरुमा नेतृत्व ह्रासका कारण भ्रष्टाचारबढ्न गई लोकतन्त्र/प्रजातन्त्र कमजोर भएको र नागरिक स्वतन्त्रता सांघुरो हुंदै गई अन्ततः देश र जनताको विकाशको गतिअपेक्षित रुपमा अघि नबढेको अवस्था सृजना भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनितिक नेतृत्व भ्रष्टाचार नियन्त्रणप्रति प्रतिबद्ध हुनुपर्ने, कानुनको पूर्ण परिपालना गर्नु गराउनु पर्ने, अंतराष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिनुपर्ने र नियमनकारीव्यवस्था बलियो बनाउनु पर्ने उल्लेख गरेको छ । साथै, नागरिकको हक अधिकारको सुनिश्चितता लगायत अन्तरदेशीय पँजीपलायन रोक्न कानुनी छिद्र बन्द गर्न पनि अपिल गरेको छ । राजनीतिको लागि भ्रष्टाचार अपरिहार्य होइन भन्ने कुरा नेतृत्ववर्गले ध्यान दिन अति जरुरी छ भन्ने यस सूचकाङ्कको सन्देश रहेको छ ।
जेनजी तथा युवा आन्दोलनबाट राजनितिक भ्रष्टाचार निर्मुल गर्न नेपाली जनसमुदाय तत्तपर रहेको अहिलेको परिपे्रक्षमाआसन्न निर्वाचनबाट मुलुकको शासनभार सम्हाल्न भ्रष्टाचारमा नमुछिएका स्वच्छ, इमान्दार तथा प्रतिबद्ध राजनितिज्ञको चयनहुन जरुरी छ । यसो हुन सके मात्र दशकौ देखि वेलगाम रहेको भ्रष्टाचार नियन्त्रणको स्थितिमा ठोस सुधार हुनसक्ने आशा गर्नसकिन्छ । यसका लागि निर्वाचित भएर आउने जनप्रतिनिधीहरु राजनितिक, सामाजिक र आर्थिक क्षेत्रमा रहेका मुख्य समस्याएवम् कमी कमजोरीहरु समाधान गर्ने तर्फ केन्द्रित रहनुका साथै जेनजी आन्दोलनको उद्देश्य प्राप्ति तर्फ सम्बेदनशिल हुनजरुरी छ ।
सीपीआईमा नेपालः सन् २०१५ देखि २०२५ सम्म (१० वर्ष)
वर्ष(सन्) | २०२५ | २०२४ | २०२३ | २०२२ | २०२१ | २०२० | २०१९ | २०१८ | २०१७ | २०१६ |
स्कोर | ३४ | ३४ | ३५ | ३४ | ३३ | ३३ | ३४ | ३१ | ३१ | २९ |
कूलअङ्क१०० | १०९/१८२ | १०७/१८० | १०८/१८० | ११०/१८० | ११७/१८० | ११७/१८० | ११३/१८० | १२४/१८० | १२२/१८० | १३१/१७६ |
सीपीआई | विश्व बैङ्क | वल्र्डइकोनोमिकफोरम | ग्लोबलइनसाइट | बर्टेल्सम्यानफाउन्डेशन | वल्र्ड जस्टिसप्रोजेक्ट | भी–डीईएम | सीपीआईस्कोर |
२०२५ | ३९ | ३१ | ३२ | ३४ | ३३ | ३३ | ३४ |
२०२४ | ३९ | ३० | ३२ | ३४ | ३२ | ३४ | ३४ |
२०२३ | ३५ | ३८ | ३५ | ३३ | ३१ | ३५ | ३५ |
२०२२ | ३५ | ३८ | ३५ | ३३ | ३० | ३० | ३४ |
२०२१ | ३५ | ३४ | ३५ | ३३ | ३२ | ३० | ३३ |
२०२० | ३५ | ४० | ३५ | २९ | ३२ | २९ | ३३ |
२०१९ | ३५ | ४० | ३५ | २९ | ३५ | २९ | ३४ |
२०१८ | ३५ | ३३ | ३५ | २५ | ३२ | २५ | ३१ |
२०१७ | ३५ | ३४ | ३५ | २५ | ३२ | २५ | ३१ |
२०१६ | ३५ | २६ | ३४ | २४ | ३१ | २१ | २९ |
- विश्व बैङ्कले सरकारले गरेका निर्णय, स्रोतसाधनको प्रयोग लगायतका काम–कारबाही एवं कर्मचारीहरुबाटभएका कार्यहरुको जवाफदेहिता, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र
- निहित स्वार्थ भएका सीमितव्यक्तिहरुको राज्य सञ्चालनमा पकड विषयमा सर्वेक्षण गरेको छ ।
- वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमाभ्रष्टाचारको विषयमा सर्भेक्षण गरेको छ ।
- ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यात र दैनिक काममा घूस र भ्रष्टाचारको जोखिमविषयमा सर्वेक्षण गरेको छ ।
- बर्टेल्सम्यान फाउन्डेशनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कुन हदसम्म कारबाही हुन्छ र भ्रष्टाचारनियन्त्रणमा सरकारको सफलताको अवस्थाको सर्वेक्षण गरेको छ ।
- वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागिसार्वजनिक पदको दुरुपयोगको अवस्थाको सर्वेक्षण गरेको छ ।
- भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले राजनीतिक भ्रष्टाचारको व्यापकता अन्तर्गत सरकार, संसद्, न्यायपालिका र सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको सर्वेक्षण गरेको छ ।
Corruption Perceptions Index 2025 सम्बन्धमा Transparency International बाट आज जारी प्रेस विज्ञप्ति र थप जानकारी www.transparency.org/cpi मा र टीआई नेपालको प्रेस विज्ञप्ति www.tinepal.org, facebook.com/tinepal मा उपलब्ध छ ।
मदन कृष्ण शर्मा
अध्यक्ष
Attachments:

