ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २६ औं वार्षिक साधारण सभा पदाधिकारी, कार्यसमिति सदश्य, मानार्थ सदस्य र साधारण सदस्यहरुको उपस्थितिमा २०७८ असोज १८ गते काठमाडौमा सम्पन्न भएको छ । अध्यक्ष पद्मिनी प्रधानाङ्गको सभापतित्वमा सम्पन्न उक्त सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र वित्तिय प्रतिवेदन तथा लेखा परिक्षकको प्रतिवेदन २०७७/०७८ पारित गरेको छ ।
राजनीतिक अस्थिरता, कोभिड माहामारी र लकडाउनका विच संस्थाले आफ्ना कार्य सम्पन्न गरेको, राजनीतिक इच्छाशक्तिको अभावमा संस्थाले वकालत गरेका विविध विषयमा अपेक्षित प्रभाव नदेखिएको, नीतिगत भ्रष्टाचार बढ्दो रहेको, अभियानको रुपमा संस्थाको काम अघि बढाउन कार्यशैलीमा थप नयाँपन जरुरी रहेको जस्ता विषयमा सभामा विवेचना गरिएको छ ।