ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९) को अवसरमा यस संस्थाको पदाधिकारी, सदस्य, सचिवालय सदस्यको सहभागितामा काठमाडांैको माइतिघर मण्डलामा प्लेकार्ड सहितको जनचेतनामूलक सन्देश प्रवाह गरियो । कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, बिद्यार्थी, युवा, नागरिक समाज तथा सरोकारवालाको उत्साहजनक सहभागिता रहेको थियो ।
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा यस संस्थाको अध्यक्ष श्री मदन कृष्ण शर्माको नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार, काठमाण्डौंले आयोजना गरेको कार्यक्रममा वक्ताको रुपमा सहभागिता रहेको थियो । सोहि दिवसको अवसरमा यस संस्थाद्वारा टी.आई. नेपालको कार्ययोजना २०२५ निर्माणका लागि कार्यसमिति र सदस्यहरुविच छलफल गरिएको छ ।