ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले संस्थाको रणनीतिक योजना २०२३–२०२७ तयार गर्ने सन्दर्भमा २०७९ साउन १४ गते एक छलफल सम्पन्न गरेको छ । छलफलमा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, मानार्थ सदस्य, सदस्य, सचिवालय सदस्य र परामर्शदातासहित करिव ३४ जनाको उपस्थिति रहेको थियो । उक्त छलफलको सहजीकरण अध्यक्ष, श्री पद्मिनी प्रधानाङ्ग र उपाध्यक्ष, श्री बुद्धिनारायण श्रेष्ठद्वारा गरिएको थियो । सदस्यहरुकै सुझावमा केन्द्रीत रहेर तयार गरिएको उक्त रणनीतिक योजनाको मस्यौदामा उपस्थित सदस्यहरुबाट थप सुझाव प्रदान गरिएको थियो ।
Transparency International Nepal
House No.: 57/62
Chhakkubakku Marga, New Baneshwor,
Kathmandu, Nepal.
P.O. Box: 11486.